Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्रीलाई मिडियाले उचालेर मिडियाले नै पछार्यो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ चैत । नेकपा एमालेका सचिव शंकर पोख्रेलले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार बैद्य समूहले नै ढाल्ने भन्दै प्रतिपक्षीलेहरुले कुनै प्रयास गर्ने आवश्यकता नभएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने-बैद्यजीले नै राजिनामा माग्नु भएकोछ, प्रतिपक्षीले मागिरहनु पर्दैन, यो सरकार आफै ढल्छ।

उनले प्रधानमन्त्रीलाई पहिला मिडियाले नै उचालेर हाउगुजी बनाएको भन्दै अहिले मिडिया आफैले पछारेको बताए।

पोख्रेलले दलगत स्वार्थ पुरा गर्न माओवादी र मधेसबादी दलहरुको मोर्चाबन्दी बनेको भन्दै माओवादी स्वार्थले गर्दा चार बुँदे सहमतिको जालमा फसेको दावी गरे। उनले सत्तारुढ गठबन्धन विद्रोही र स्वाथी शक्ति विचको गठबन्धन भएको भन्दै जनतालाई राहत, भ्रष्टाचार, सुशासन जस्ता धेरै विषयका कारण सरकार असफल भएको दावी गरे।

सचिव पोख्रेलले नेपालमा जारी शान्ति प्रक्रिया निष्कर्समा पुगेर संविधान जारी हुनेमा नेपाली जनताले आशा मारिसकेको दावी पनि गरे।
बान कि मुन नेपाल आउनु सकारात्मक र अवसरको रुपमा रहे पनि प्रचण्ड आफै शान्तिको विषयमा प्रतिबद्ध नभई कन्फ्यूज रहेकोले भ्रमण स्थगित भएको समेत उनले ठोकुवा गरे।

पश्चिम सेती परियोजना नेपालको लागि आबश्यक भएको भन्दै उनले त्यसमा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढाउनु पर्ने बताए।

साक्षात्कारमा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार आफ्नै पार्टीको अर्न्तद्धन्द्धको कारण ढल्ने दावी गर्दै भने-बैद्यजीलेनै राजिनामा मागिसक्नु भयो, अरुले ढाली रहनु पर्दैन।

उनले जेठ १४ गते भित्र संविधान जारी हुने सम्भावना कम भएको भन्दै माओवादीले सहमति गर्दै कार्यान्वयन नगरेका कारण समस्या समाधान हुन नसकेको जिकिर गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by