विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १८ मंसीर। अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली चलचित्रका युवा निर्माता तथा निर्देशक शंकर घिमिरे तथा ऋचा घिमिरेको अभिनित सामाजिक कथानक चलचित्र तुलसीको प्रथम प्रदर्शन (प्रिमिएर) भब्यताको साथ शानदार प्रदर्शन भएको छ।

चलचित्रलाई प्रचार र प्रसार गर्न दम्पत्ति शंकर घिमिरे तथा ऋचा घिमिरे केही दिनअघि मात्र अमेरिका आएका थिए। नेपाली चलचित्रलाई परदेशमा पनि माया गर्ने र हेर्ने संख्या वृद्धि हुदै गएको अवस्थामा अमेरिकाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुले मन पराउनु हुनेछ भन्ने पूर्ण बिश्वास लिएर अमेरिकाको छिरेका हौ भनि निर्देशक घिमिरेले बताए। पहिले पनि बिभिन्न देशहरुमा आफूले निर्माण गरेका चलचित्रहरु देखाएकोले अमेरिकामा प्रथम प्रदर्शन देखाउन अवसर पाईएकोमा हर्षित हुदै बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना) परिवारप्रति धन्यबाद व्यक्त गरे। नेपाली भाषा कक्षा संचालनको सहयोगार्थ’तुलसी’चलचित्र बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)ले आयोजना गरेको हो भन्दै संस्थाका अध्यक्ष बिजय श्रेष्ठले तुलसी राम्रो सामाजिक चलचित्र लागेको बताए।

अन्य दर्शकहरुले पनि बानाले अहिलेसम्म देखाएको नेपाली चलचित्रमा यो सबै भन्दा उत्तम लागेको भन्दै बानाले यस्तो चलचित्र बेला बेलामा देखाउन आग्रह समेत गरेको बताए। परदेशको व्यस्त जीवन र कामको धपेडीले चलचित्र हेर्न कम रुचि भएता पनि चलचित्रकी अभिनेत्री ऋचा घिमिरे स्वयम् दर्शकहरुसंग संगै बसेर हेरी दिएकोले दर्शकहरु अझ उत्साहित भए। चलचित्र हेर्न कलाकारहरु पुजा चन्द, सारंगा श्रेष्ठ, लोक गायक प्रेम राजा महत, राजु लामा, गिनिज पुस्तक बिजेता रवि लामिछाने, ब्यबसायी तथा समाजसेवी राजा घले (एटलान्टा) दर्शकको रुपमा आएका थिए भने भारतीय तथा पाकिस्तानी दर्शक पनि आएका थिए। चलचित्र समाप्तपछि बाहिर निस्किएका अधिकांस दर्शकहरुको आँखा रसाएका देखिन्थ्ये। चलचित्रको कथा वस्तु राम्रो, उत्कृष्ट सामाजिक चलचित्र लागेको भन्दै अन्तिम चरणको दृश्य अलिक मार्मिक भएको र त्यसले अझ चलचित्रमा जीवन्तता ल्याएको भन्दै सबैले हेर्ने पर्ने चलचित्र हो भनि निरज मान श्रेष्ठले बताए। नेपाली चलचित्रको माग बढी रहेको बेलामा दर्शकहरुले चलचित्र हेरी भरपूर मनोरंजन लिएका छन्। चलचित्रको शुल्क $ १०.०० डलर राखिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस