एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिएर सहमतिको लागि मार्ग प्रसस्त नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले सरकरको दिनगन्ती सुरु भईसकेको भन्दै इतिहासकै भ्रष्टमा दर्जिएको सरकार छिटो नढाले मुलुककै बेइज्जत हुने दावी गरे।
उनले बाहिर हल्ला गरिएजस्तो बास्तविक रुपमा शान्ति प्रक्रिया अगाडि बढ्नै नसकेको दावी गर्दै शान्ति प्रक्रिया अगाडि नबढेसम्म संविधान निर्माण कार्य पनि अगाडि बढ्न नसक्ने स्पष्ट पारे।
माओवादीले दर्जाको बखेडा झिकेर शान्ति प्रक्रिया अवरुद्ध पारेको आरोप लगाउँदै सात बुँदे सहमति अनुसार अगाडि बढ्न नसके शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसक्ने ठोकुवा गरे। उनले भने-सात बुँदे अनुसार अगाडि बढे सबै कुरा सहज ढंगले शान्ति र संविधान निर्माण कार्य निष्कर्समा पुग्छ।
राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल भ्रमण स्थगित हुनुलाई राम्रो संकेत भन्दै महतले प्रचण्डले डाक्दैमा शान्ति प्रक्रिया निष्कर्समा नपुगी महासचिव नेपाल आउन नहुने तर्क गरे। उनले पश्चिम सेती जलविद्युत परियोजना नेपालको लागि आवश्यक भएकोले यसलाई नविथोली कार्यान्वयनमा अगाडि बढाउनु पर्ने बताए। उनले भने- छिमेकीले गरेको यत्रो लगानी विथोल्न हुंदैन।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस