Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बैद्यसमूह शान्ति र संविधान विथोल्ने षडयन्त्रमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ चैत । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूह जारी शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अवरुद्ध पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले अन्तिम समयमा आएर प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामा माग्नु भनेको शान्ति र संविधान निर्माणको कार्यलाई विथोल्नु भएको दावी गरे।

साक्षात्कारमा उनले भने-बैद्य समूह शान्ति र संविधान विरोधी हुन्। नेता गजुरेलले राष्ट्रिय सहमतिको विकल्प तयार नहुन्जेल प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्दै केन्द्रीय कमिटिको बैठकमा बैद्य समूहले भने जस्तो प्रधानमन्त्रीले राजिनामा दिने विषयमा अहिलेसम्म कुनै छलफल नभएको स्पष्ट पारे। उनले भने-प्रधानमन्त्रीको राजिनामा आउँदैन । उहाँहरुलाई पनि केन्द्रीय समितिको बैठकमा नआई सुखै छैन। बैठकमा नआएर शान्ति र संविधान विरोधी काम गरिरहे चुप लागेर बस्दैनौ।

माओवादी जेठ १४ भित्रमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएर संविधान निर्माण गर्न प्रतिबद्ध रहेको भन्द माओवादीलाई आशंका नगर्न आग्रह गरे।
राष्ट्र संघका महासचिव वान कि मुनको भ्रमण रोक्ने कुलचन्द्र गौतमलगायतका मानवअधिकारबादीहरु राष्ट्र द्रोही भएको भन्दै नेपाली जनताले त्यस्ता राष्ट्रद्रोहीलाई ठेगान लगाउने चेतावनी दिए। उनले वान कि मुनको भ्रमण रोक्नेहरु शान्ति विरोधी भएको भन्दै शान्ति र संविधानविरुद्ध भईरहेको षडयन्त्रप्रति सचेत रहन सबैलाई आब्हान गरे।

प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई मिडियाले धेरै बढाई चढाई प्रस्तुत गरेको दावी गर्दै अध्यक्ष प्रचण्डको विकल्पमा प्रस्तुत गरेको परिणाम अहिले मुलुकले भोगिरहेको बताए । उनले भने-हामीलाई त पहिलानै थाहा थियो बाबुरामजी के हो भनेर, मिडियाले नै बढाई चढाई प्रस्तुत गर्यो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by