सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १७ मंसीर। अपहरण गरि भारत पुर्याइएका एक बालकको धरान प्रहरीले सकुशल उद्धार गरेको छ। तीन दिनअघि धरानवाट अपहरण्मा परेका बालक सोमवार धरान प्रहरीले अपहरणमुक्त गरेको हो।

अपहरित बालक ऋतिक आफ्ना बाबु शर्फुल शेखसग बिचमा। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
धरान ७ निवासी राममन्दिर छेऊमा डेरा गरि वस्ने ४० वर्षीय शर्फुल शेखको ११ वर्षीय छोरा ऋतिक शेखलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजाल नेतृत्वको टोलीले आइतबार राति ९ वजे भारतको पूर्णिया जिल्लास्थित खोरवारी जेलगञ्जबाट उनलाई अपहरण मुक्त गरेको हो। धरानमा कवाडी व्यवसाय गर्दै आएका सर्फुल शेखका ११ बर्षीय छोरा ऋतिक शेखको अपहरण भएको तीन दिनपछि प्रहरीले भारतको पुर्निया जिल्लास्थित खोरवारी जेलगंज गाउबाट मुक्त गरी अभिभावकलाई सोमवार जिम्मा लगाएको छ। उनलाई जेलगंज बस्ने आतावुल शेखले फिरौतीका लागि मंसिर १५ गते अपहरण गरेका थिए। आतावुल पनि कवाडको व्यापार गर्ने भएको कारण चिनजान भएको र बालकलाई ३ सय रुपैया र फलाम दिने प्रलोभनमा पारी अपहरण गरी आतावुलले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा अपहरण मुक्त गरेको प्रहरीले जनाकारी दिएको छ। आतावुलले ००९१.७७६५८९१२६० नम्बरको भारतीय नम्बरबाट फोन गरी अपहरितका बाबुसंग फिरौती मागेका थिए। आतावुलले धरानमै आएर ऋतिकलाई अपहरण गरी सर्फूललाई भारतीय नम्बरको टेलिफोनबाट फिरौती रकम ३ लाख रुपैया नदिए छोरा देख्न नपाउने धम्की दिएको इप्रका धरानका डिएसपी संजय सिंह थापाले वताए। उनले पत्रकार सम्मेलनमा बालकको सकुशल उद्धार गर्न सफल भएपनि अपहरणकारी आतावुल भने फरार भएको जानकारी दिए। भारतीय प्रहरीले सोचे अनुरुपको सहयोग नगरेको कारण अपहरणकारी फरार भएको उनको भनाई छ। प्रहरीका अनुसार सर्फुल शेख पश्चिम बंगाल स्थायी घर भएपनि धरानमा लामो समयदेखि कवाडी व्याबसाय गर्दै आएका छन्। आतावुल पनि भारतीय बजारमा कवाडी व्याबसाय गर्ने भएकाले सामान्य चिनजान भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस