Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङका माओवादीहरू मिले

रविन लिङ्देन / एचकेनेपाल डट कम-
हङकङ, पार्टी अध्यक्ष प्रचण्डको समेत टाउको दु:खाइको बिषय बनेको एनेकपा माओवादी पार्टीको विदेश ब्युरो अन्तर्गत हङकङका माओवादीहरू अहिले आएर बल्ल मिलेका छन्।

हङकङको पार्टी कमिटिभित्र विगत दुई वर्ष यता विवाद हुँदै आएको थियो। माओवादी पार्टीको विदेश व्युरो इन्चार्ज ईन्द्रमोहन सिग्देल र तत्कालिन वाइसिएल इन्चार्ज कुलबहादुर केसी “सोनाम” को उपस्थितिमा १० अक्टुबर २०१० मा एनेकपा माओवदी पार्टी हङकङको विशेष भेलाबाट एक सचिव, दुई सहसचिव, एक वैकल्पिकसहित सात जनाको सचिवालय सहितको २५ सदस्य कमिटि गठन गरी पूर्ण लोक्समलाई सचिव पदमा चयन गरेको थियो।

उक्त २५ सदस्य कमिटिभित्रैबाट केही सदस्यहरुले असहमति जनाउदै भेला बहिष्कार गरेर हलबाट वाहिरिएका थिए। केही समयपछि असहमत भएका सदस्यहरुले विद्रोही-समानान्तर पार्टी घोषणा गरी छुट्टै कमिटी बनाएका थिए।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, प्रवास समिति हङकङको एक कार्यक्रममा विद्रोही समानान्तर पार्टी सचिवको हैसियतले पवन वस्नेतले आसनग्रहण गरेका थिए।

२० मार्च २०११ मा एनेकपा माओवादी पार्टीको सामाजिक सस्था ‘नेपाली जनसरोकार समाज, हङकङ’ को दोश्रो अधिवेशनमा आएका देव गुरुङ, विदेश व्युरो सचिव मनोजजंग थापा र केन्द्रिय सदस्य एंव सभासद राजकाजी गुरुङले सो विवादलाई मिलाउन केन्द्रबाटै तीन बुंदे सहमति पत्र लिइ मिलाउने कोशिष गरे पनि सफल हुन सकेको थिएन। त्यसबेला सहमतिनजिक पुगे पनि सहमति उल्लङ्घन भएको भन्दै विद्रोही-समानान्तर कमिटि रहिरहेको थियो।

पूर्व खेलकुद मन्त्री, एनेकपा माओवादी पार्टीको केन्द्रिय सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चाको वरिष्ठ केन्द्रिय उपाध्यक्ष ओन्सारी घर्तीमगर संयोजक तथा किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव एंव सभासद सुदन किराती र पार्टी राज्यसमिति सदस्य एंव पत्रकार मनोज घर्तीमगरको उपस्थितिमा २५ जनवरी २०१२ मा बसेको दुई पक्षबीचको वार्ता सहमतिमा टुङ्गिएको छ।

ओन्सारी घर्तीमगरले २४ जनवरी २०१२ मा मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङको कार्यक्रममा एनेकपा माओवादी पार्टी हङकङ कमिटिलाई अपमान गरेकोले आफ्नो र सिङ्गो पार्टीको अपमान भएको खुलासा गरेका थिए।

वार्तामा देव गुरुङले ल्याएको तीन बुंदे सहमति पत्रलाई पूर्ण रुपले लागु गर्दै, गत १० अक्टुवर २०१० को विशेष भेलाबाट जे निर्णय भएको थियो त्यसलाई हुबहु लागु हुने गरी सहमति भएको छ। तत्कालिन पार्टी सचिव पूर्ण लोक्समले हङकङ छाडेको हुँदा उक्त पदमा जेवि ओखावु र पवन वस्नेतलाई सहसचिवको पद निर्धारण गरी सचिवालयमा ८ सदस्य गरी जम्मा २५ सदस्य कायम गर्दै थप हुन आएको सदस्यहरुलाई पनि कमिटिभित्रै राख्ने सम्झौता भएको छ।

श्रोतका अनुसार सम्झौता पत्रमा पार्टी कमिटिको तर्फबाट जेबि ओख्रावुले हस्ताक्षर गरेका थिए भने विद्रोही पार्टी कमिटिको तर्फबाट पवन वस्नेतले हस्ताक्षर गरेका थिए। वार्तामा उपस्थित दुवै पक्ष तथा वार्ता संयोजक ओन्सारी घर्तीमगर, सुदन किराती, मनोज घर्तीमगर र विशेष उपस्थितिहरुले पनि हस्ताक्षर गरेका छन्।

सहमतिपछि सञ्चारकर्मीसंग बोल्दै एक सदस्यले भने हामी नमिल्दा यहाँका धेरै ब्यक्तिहरुले खेल्ने मौका पाइरहेको अवस्था थियो। अब त्यस्तो वातावरण नहुने र पार्टी एक ढिक्का भएर अघि बढने भन्दै खुशि ब्यक्त गरेका थिए। पार्टी सचिव जेवि ओखावुलगायत अन्यले मिल्नुको विकल्प कसैसंग पनि नभएकोले विगतमा गरेको गल्तिबाट पाठ सिक्दै अघि बढनु पर्ने बताए। पार्टीको बैधानिक सस्था नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष विष्णु गुरुङले केन्द्रमा त पार्टी आजै फुट्ला भोलि फुट्ला जस्तो देखिएपनि पार्टी झन् मजबुत भएर अघि बढिरहेको बताए। हङकङमा त हामीमा सैद्धान्तिक मतभेद नभएकोले कुनै असजिलो अवस्था नरहेको बताए। त्यसै गरी विद्रोही पक्षका कमल राईले भने गल्ति सबैबाट भएकै हो अव त्यो कसैबाट नदोहोरिने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by