Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रहरी-अपहरणकारीबीच गोली हानाहानः २ अपहरणकारीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
सिरहा, ८ चैत्र । प्रहरी र अपहरणकारीबीच दोहोरो गोली हानाहान हुंदा २ अपहरणकारीको मृत्यु भएको छ। 

सिरहाको फुलवरीया गाविसमा बुधबार साँझ प्रहरीको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णहरी शर्माले बताएका छन्।

मृत्यु भएका अपहरणकारीमध्ये असनपुर ७ का सन्तोष सिंहको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

गत शनिवार राति अपहरणमा परेका बलकवा ३ का कपडा व्यापारी विजयकुमार साहलाई छुटाउन गएको बेला दोहोरो गोली हानाहान भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by