सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडी ब्याण्डका गायक संजीव लामाले नयाँ गीतको म्युजिक भिडियो छायांकन गराएका छन्। पहिलो पहिलो माया बोलको गीतको म्युजिक भिडियो धरानको डिपोट स्कुल, विजयपुर, निर्वाना कन्ट्री क्लब लगायतका स्थानमा छायांकन गरिएको हो।

बिनोद तखांचेको निर्देशन तथा रबिन राईको छायांकन रहेको म्युजिक भिडियोमा मिस पूर्वाञ्चल अस्मिता गुरुङ र जोन श्रेष्ठले अभिनय गरेका छन्। मनोज मोते र गायक लामाकै शब्द रहेको गीतमा मनोज मोतेले संगीत तयार परेका हुन्। डेढ दशक देखि संगीत क्षेत्रमा क्रियाशील संजीवले मिक्स मेलोडी ब्याण्डबाट बिर्सिएका यादहरु र रानी बनैमा एल्बम निकालेका छन् भने आफ्नो सिंगल अनुभव, सिनोरिता र एक्जिट एल्बम बजारमा ल्याइसकेका छन्। बिर्सिएका यादहरुले, नराख मलाई, मलाई धेरै धेरै माया, सम्झनाहरुलाई, सिनोरिता गायक संजीवलाई चिनाउने गीतहरु हुन्। हाल हङकङमा कार्यरत संजीव परदेशमा भएपनि आफ्नो देश नेपाल, आफ्नो जन्मथलो धरान र संगीत क्षेत्रलाई बिर्सन नसक्ने बताउंछन्। गएको वर्ष नेपाल आउंदा उनले एक्जिट नामक अल्बम बजारमा ल्याएका थिए भने तिमीलाई बोलको गीतको भिडियो बनाएका थिए। हरेक बर्ष नेपाली संगीत क्षेत्रमा आफ्नो सिर्जनालाई धरानको कोसेलीको रुपमा पस्कने बताउने संजीव यो छुट्टीमा पनि पहिलो पहिलो माया गीतको म्युजिक भिडियोसहित एक्जिट–२ एल्बम रिलिज गर्ने तयारीमा छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस