Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बस दुर्घटनामा ३ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
राजविराज, चैत ८- सप्तरीको महुली बजारमा बुधबार बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २९ भन्दा बढी यात्रु घाइते भएका छन्।

उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना२ख १३५५ नम्बरको शेर्पा ट्राभल्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार उदयपुरको बोक्सेका रुद्र राउतको मृत्यु भएको हो।

मृतक अन्य दुईजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए। परिचय खुल्ने कागजात मृतकको साथबाट फेला नपरेको र घाइतेलाई उपचारका लागि राजविराज, धरान तथा विराटनगर पठाइएको हुँदा सनाखत हुन नसकेको प्रहरी निरीक्षक बस्नेतले बताए।

अत्यधिक गतिमा रहेको बसले सडक पार गर्दै गरेको बाख्राको समूहलाई बचाउन खोज्दा बजारमा रहेको चौतारामा ठोक्किएर बस पल्टेको स्थानीय रेडक्रसका सभापति चितनारायण यादवले जानकारी दिए।

जिल्लामा उपलब्ध आठ एम्बुलेन्स, स्थानीय मारुति तथा म्याजिक भ्यान मार्फत घाइतेलाई उपचारका लागि पठाइएको स्थानीय रेडक्रस सोसाइटीका सभापति चितनारायण यादवले जानकारी दिए। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by