विजय थापा / एचकेनेपाल डट कम=
भर्जिनिया, एड्वनकी संस्थापक,समाजसेवी तथा अधिकारकर्मी डा. विष्णुमाया परियार केही दिनको मातृभूमिको भ्रमणपछि पुनः कर्मथलो अमेरिका फर्किएकी छिन्। बिशेष कामले केही हप्ताको बिदाको चाजो मिलाएर नेपाल पुगेकी डा. परियारलाई सम्मान कार्यक्रममा समय व्यवस्थापन गर्न भ्याई नभ्याई भएको बताईन्।

अमेरिकाबाट सोझै राजधानी काठमाडौँ झरेकी परियारलाई काठमाडौँमा संयुक्त रुपमा सम्मान कार्यक्रम गरिएको थियो भने समता फाउन्डेशनका पदम सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्लाका न्यायाधिश रत्नबहादुर बागचन्द थिए। अधिकारकर्मी,पत्रकार, संघ संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थित रहेको कार्यक्रममा शुभकामना तथा बधाई दिदै प्रमुख अतिथि रत्नबहादुर बागचन्दले दलित महिलाको क्षेत्रमा काम गर्ने नेपाली महिला विष्णुमायाले पाएको सम्मानबाट आफू प्रोत्साहित भएको चर्चा गर्दै समाजसेवीलाई सम्मान गर्न पाउंदा खुशी लागेको बताए।

विदेशमा रहेर पनि नेपालमा रहेका दलित महिला र बालबालिकाको क्षेत्रमा निरन्तर काम गरि रहेकी परियारलाई अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। नेपाल प्रहरीका मानबहादुर परियारले डा. परियारको अनुहार फेसबुकमा हेरेर तस्वीर कोरेर ल्याएको उपहार परियारलाई दिदा माहौल उत्साहित भएको थियो। उनले दलित महिला तथा बालबालिका शिक्षामा अझै पछाडि रहेको बताउंदै शिक्षालाई बढी महत्व दिइनु पर्ने बताइन्। एडवनले दलित महिला र बालबालिकाको शिक्षाको क्षेत्रमा काम गरिरहेको बताईन्। परियारले आफू १ देखि ७ कक्षाासम्म अध्ययन गरेको ताक्लुंगको श्री सिंजाली विद्यालयलाई चाईनिजले निर्माण गरि दिने भवन निर्माणका लागि जग्गा खरिद गर्न एक लाख रुपैंया नगद सहयोग गरेकी छिन्। साथै दलित तथा गैरदलित छात्राका लागि छात्रवृत्ति प्रदान गर्न अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेकी छिन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस