Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जेलभित्रै घाँटी रेटेर आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
उदयपुर, ८ चैत्र । उदयपुर जिल्ला कारागारमा एक कैदी श्याम परियारले बुधवार विहान घाँटी रेटेर आत्महत्या गरेका छन्।

उदयपुरको भलायडाँडा गाविस ३ का ३५ वर्षीय परियारले चर्पीमा गएर तरकारी काट्न प्रयोग गर्ने चक्कु (कर्द)ले घाँटी रेटि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार दुई महिनाअघि उनी बन तस्करीको अभियोगमा पक्राउ परेका थिए। उनको आत्महत्याको कारण थाहा हुन सकेको छैन। परियारको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ।

त्यसैगरी, जेलभित्र हातहतियार लैजाने नपाउने अवस्थामा कसरी हतियार पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने कारागारले तरकारी काट्न भनेर बिहान ८ बजे कर्द दिइने र पछि फर्काइने गरेको जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by