Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बान की मुनको नेपाल भ्रमण स्थगित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ चैत्र । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल भ्रमण तत्कालको लागि स्थगित भएको छ।

महासचिव मुन बैशाख १६ गते लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउने कार्यक्रम थियो।

राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिध रोवर्ट पाइपरले टुइटरमार्फत् भ्रमणमा हेरफेर भएको जानकारी दिएका छन्।

शान्ति प्रकृयामा असर नपरोस् र लुम्बिनी सम्मेलनमा थप तयारीका लागि मुनको भ्रमण स्थगित भएको पाइपरले सूचना दिएका हुन्।

बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशन समितिका अध्यक्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा बान की मुन नेपाल भ्रमणमा आउने भनिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by