मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम-
सउल। दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली बिद्यार्थीहरूले सशक्त सहभागिता जनाएका छन्। सुवनस्थित आजु बिश्वबिद्यालयमा बिहीबार सम्पन्न महोत्सवमा सोही बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूले सहभागिता जनाएका हुन्। ‘आजु अन्तर्राष्ट्रिय महोत्सव’ नाम दिएको उक्त कार्यक्रममा ४४ देशको सहभागिता रहेको थियो भने कार्यक्रमको व्यवस्थापन ओआईएले गरेको थियो।

नेपालले महोत्सवमा नेपाली परिकारका खानासहित बुद्ध नेपाल र हिमाल झल्कने तस्बीरसहितको स्टल राखिएको थियो। नेपालले राखेको स्टलमा नेपाली कला संस्कृतिको अध्ययनको लागि विदेशीहरुको भिड लागेको थियो। उता नेपाली पहिरनमा सजिएका रेणु थापा,प्रशंसा पन्थ र सुजाता बान्तवाले लोक गीतमा नृत्य प्रस्तुत गर्दै नेपाललाई चिनाएका थिए। महोत्सवमा नेपाली टिमको प्रतिधित्व झापाका सुरज कडुवाल केसीले गरेका थिए। यसैगरी भोजेन्द्र तुलाचन, प्रशंसा पन्थ, रेनु थापा, गणेश पैाडेल, गोपाल बोहरा, सुवास मरासैनी, टिकाराम अर्याल, अन्नि वाईबा, सुजाता बान्तवा, सुशील बिजुक्क्षे, नवराज काफ्ले, सरोज बोलाखे र नवराज बस्नेत लगायतको विशेष भूमिका रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई नेपाली टिमका प्रमुख सुरज कडुवाल केसीले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमबारे प्रतिक्रिया दिदै कडुवालले चार दर्जन बढी राष्ट्रले भाग लिएको उक्त कार्यक्रममा नेपाललाई चिनाउन र बुद्ध नेपाल बारेको भ्रम हटाउन सफल भएको बताउँदै नेपालको शिर संसार सामु उच्च भएको जनाए। चालिस जना नेपाली विद्यार्थी रहेको विश्वविद्यालयमा अहिलेसम्मकै उपलब्धिपूर्ण यो कार्यक्रम भएको उपस्थित नेपालीहरूले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस