एचकेनेपाल डट कम संवाददाता –
ताप्लेजुङ, २३ कार्तिक। एमालेको चुनावी आमसभामा बम विष्फोट हुंदा कम्तीमा ७ जना घाइते भएका छन्। ताप्लेजुङको खोक्लिङ गाविसस्थित मोति उच्च माविमा कार्यक्रमको तयारी भइरहंदा ग्रिनेट बिष्फोट भएको हो।


बिष्फोटबाट खोक्लिङ २ का ८ बर्षीय पदम मगर, ३५ बर्षका रेनुका अधिकारी, ७० बर्षका तुलसा थापा, ३५ बर्षका निर्मला अधिकारी, ३६ बर्षका यज्ञ बिक, मान बहादुर बिक र नाम नखुलेका उलाङे भनेर चिनिने रहेका छन्। घाइतेमध्ये उलाङे र मानबहादुर सख्त घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ। बम बिष्फोट गराउने समूहको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। एमालेका प्रत्यक्ष उम्मेदवार डम्बरध्वोज तुम्बाहाम्फे, जिल्ला अध्यक्ष तिलकुमार मेन्याङबो लगायतले संबोधन गर्ने कार्यक्रम रहेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस