एचकेनेपाल डट कम संवादादाता –
पोखरा, २१ कार्तिक। ‘संस्कृतिको जगेर्ना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं’ भन्ने नाराका साथ नेपालीहरुको चाड दिपावलीको अवसरमा सहारा क्लब पोखराले खेलेको देउसीभैलोबाट ३ लाख ४५ हजार ४ सय ४० रुपैयाँ संकलन भएको छ।

सहारा क्लवले संचालन गरेको सहारा एकेडेमी दोविल्लाको सहयोगार्थ देउसी भैलो खेलिएको हो। कठिन परिस्थिति र विपन्न वर्गका १७ जना बालक एकेडेमीमा छन् भने क्लवले ३० जना बालक राख्ने योजनासहित एकेडेमीको भौतिक संरचना निर्माण गरेको छ। ती बालकले शिक्षाको साथै फुटबलको प्रशिक्षण लिईरहेका छन्। देउसीभैलो कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, कलाकार, शुभचिन्तक, एवं सदस्य सम्पूर्णलाई सहारा क्लवका महासचिव केशवबहादुर थापाले विज्ञप्ति निकालेर धन्यवाद दिनुभएको छ। सहारा क्लवको संस्थाको स्थापनाकालदेखि निरन्तर १५ वर्ष नृत्य निर्देशकको भुमिका निर्वाह गरि साँकृतिक क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै क्लवका संस्थापक सदस्य मिनबहादुर गुरुङलाई क्लवले सम्मान गरेको छ। २०५५ सालमा स्थापना भएको सहारा क्लवले पोखराको फुटबल विकास र सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस