मिलन थेबे / एचकेनेपाल डट कम –
सउल,कोरियामा रहेको नेपाली दूतावास आर्थिक कमिसनको खेलमा डुबेको खुलासा भएको छ। एमआरपी राहादानीका लागि फोटा खिच्न राजदूत कमानसिंह लामाका आफन्तले सञ्चालन गरेको फोटो स्टुडियोमा मात्र फोटा खिच्न दूतावासले उर्दी जारी गरेपछि उक्त कुराको खुलासा भएको हो। दूतावासका कर्मचारीले अन्य ठाउंमा त्यंही प्रकृतिको फोटा खिचाउदा मान्यता नदिने गरेको पीडितहरुले बताएका छन्। दूतावासले तोकेकै ठाउंमा फोटा खिचाउदासमेत मिलेन भन्दै कमिसनकै कारणले पाँच पल्टसम्म पुनः रकम तिरी फोटा खिचाउनु परेको मसंगै काम गर्ने रामेछापका दिवस क्षेत्रीले बताए। उक्त कमिसनबाट आएको रकम राजदूत लामा र द्धितीय सचिव प्रथमा उप्रेतीले लिने गरेको स्टुडियो सञ्चालक श्रोतबाट जानकारीमा आएको छ। आपत बिपतमा परेका र मृत्युसंग सम्बन्धी कागजात प्रमाणित गराउनु पर्दा समेत रकम तिर्नु परेको र सो रकम कोषमा जम्मा नभई उपनियोग प्रमुख राजाराम वर्तैाला र प्रथमा उप्रेतीले बांड्ने गरेका छन्। पासपोर्ट बनाउंदा नागरिकतासंग बर्ष मेल नखाएकाहरुले मोटो रकम तिर्नु परेको र त्यो रकम राजदूत लामा, प्रथमा उप्रेती र राजदूतका भाई निर्मल लामालाई भागबन्डा लाग्ने गरेको छ। दूतावासमा रहेका सबारी साधानको पनि ब्यापक दुरुपयोग भएको छ। राजदूत लामाकी छोरीलाई कोरिया घुमाउन र सबै कर्मचारीका आफन्तहरुलाई कोरिया घुमाउन यि गाडीहरु प्रयोग भएको पाईएको छ। दूतावासकी कर्मचारी प्रथमा उप्रेतीले सेवाग्राहीहरुलाई दुरव्यवहार गर्ने गरेको, फोन नउठाउने गरेको र म्यासेज पठाउदा समेत कुनै उत्तर नदिने गरेकी छन्। यसकारणले गर्दा कोरियामा रहेका नेपालीहरुले दुख पाउदै आएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b