एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १७ कार्तिक। त्रिमूर्ति निकेतनमा आइतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती मनाइएको छ। लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. ठाकुर पराजुलीले आइतवार बिहान महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो। त्यस अवसरमा लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा।राजेन्द्र सुवेदीले कविशिरोमणि लेखनाथ पौडयाल र बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्माले नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदका सालीकमा माल्यार्पण गर्नुभयो।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा प्रमुख अतिथि श्यामदास वैष्णव, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकल आचार्य, अखिल म्यान्मा देशीय गोर्खा हिन्दूधार्मिक सङ्घका महासचिव रामानूज न्यौपाने, त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, कोषाध्यक्ष उषा शेरचन र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ भन्नुभयो। कार्यक्रममा इजरायलका लागि नेपाली साहित्यिक दूत दीप्स शाह, ओमानका लागि नेपाली साहित्यिक दूत मुना श्रेष्ठ नेपाल र क्यानडाका लागि नेपाली साहित्यिक दूत सपना गौतमका साथै बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको थियो। त्यस अवसरमा प्रमुख अतिथि श्यामदास वैष्णव, विभिन्न राष्ट्रबाट नेपाल आउनु भएका विशेष अतिथिहरू आचार्य, न्यौपाने र तीन जना नेपाली साहित्यिक दूतलाई त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले त्रिमूर्ति निकेतनको प्रतीक चिन्ह र कोषाध्यक्ष उषा शेरचनले नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस