विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १७ कार्तिक। अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ। नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किन कि हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए।

चाड पर्व, संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो परम दायित्व हो भन्दै परदेशिएका नेपालीहरुले घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरे। कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर रहेकोमा बिदेशमा त जनावरको हेरचाह मानिसको भन्दा ज्यादा हुने हुनाले झन् आफुलाई खुशी लागेको डिसी महानगर क्षेत्रका एक परिवारले बताए। नेपाली परिकारको जस्तो खाना जस्तै नभै अमेरिकन शैलीको भाई टिकामा दिदी बहिनीहरुले पुरियामा दिएको जस्तो दिइएको बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस