सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान, १६ कातिक। तिहारको अवसर पारी हरेक बर्ष फेन्टासी धरानले धरान १८ बिपी क्याम्पगेट अगाडि आयोजना गरिने दीपावली साँझको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ। बेलुकी सात बजेबाट सुरु भएर तीन घण्टासम्म चलेको कार्यक्रममा स्थानीय कलाकारहरुको डान्स र गायनसंगै चर्चित गायक धिरज राई, ए पी शेर्पा, नवराम राई र गायिका शशी रावलको प्रस्तुति बिशेष रह्यो। ए पी शेर्पाले भाइटिका र आएको म, नवराम राईले बिष देउ र बैशाख नि बित्यो, शशि रावलले चाहना सकियो, यो ज्यान लगायतका गीत प्रस्तुत गरेका थिए भने धिरजले बुद्ध वाज बोर्न इन नेपालसंगै तिमी रुंदा, सै ढोलेलगायत तीन वटा मात्र गीत प्रस्तुत गर्न भ्याए। राजा राई र मिस पूर्वाञ्चल मिस पूर्वाञ्चल १२ अस्मिता गुरुङले सञ्चालन गरेको कार्यकर्मलाई सुरक्षाको कारण देखाउदै सुरक्षाकर्मीले रोकेपछि कार्यक्रमलाई छोट्याएको थियो। यस्तै शान्तिपथमा समेत शुक्रबार नै पहिलो शान्ति साँझ सम्पन्न भएको छ। शान्ति साँझमा चर्चित गायक सबिनसंगै स्थानीय कलाकारहरुले आ– आफ्नो प्रस्तुति देखाएका थिए। यहाँ पनि सुरक्षाको कारण देखाउंदै सुरक्षाकर्मीले रोकेपछि कार्यक्रम बिचमै बन्द गर्नु परेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b