Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यायोक्खा र पत्रकारबीचको विवाद अन्त्य

एस / एचकेनेपाल डट कम-
हङकङ, किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्ति निःसर्त फिर्ता लिएपछि किरात राई यायोक्खा हङकङ र पत्रकारबीचको विवाद अन्त्य भएको छ।

नेपाली सप्ताह २०११ अर्न्तगत ‘यलम्बर नाईट’ कार्यक्रमको कान्तिपुर र साप्ताहिकमा प्रकाशित समाचारको विषयमा यायोक्खाले आपत्ति जनाएर प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार निर्मल श्रेष्ठलाई एक वर्षसम्म कार्यक्रममा निमन्त्रणा नगर्ने निर्णय गरेको थियो।

प्रकाशित समाचारहरूमाथि पुनः अध्ययन गर्दा यायोक्खाले लगाएको आरोप निराधार, कपोलकल्पित भेटिएपछि किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्ति निःसर्त फिर्ता लिएको हो।

किरात राई यायोक्खा हङकङले यस घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा पत्रकार श्रेष्ठलगायत हङकङका सम्पूर्ण सञ्चारकर्मीहरूसंग समधुर सम्बन्धको अपेक्षा राखेको छ।

किरात राई यायोक्खा हङकङको विज्ञप्ति
समाचारको विषय लिएर यस संस्थाद्वारा २० जनवरी २०१२ का दिन जारी गरिएको विज्ञप्ति निःर्सत फिर्ता लिइएको सम्बन्धित सम्पूर्णमा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।

विज्ञप्तिपश्चात प्राप्त नेपाल पत्रकार संघ हङकङको पत्र तथा पत्रसाथ नत्थी ‘कान्तिपुर’ दैनिक तथा ‘साप्ताहिक’ साप्ताहिकमा प्रकाशित समाचारका प्रतिलिपीहरुको अध्ययनबाट स्थानीय संवाददाता निर्मल श्रेष्ठको समाचार सम्प्रेषणमा कुनै कुनियत नरहेको यस संस्थाको ठहर रहेको छ।

यस घटनाबाट पर्न गएको असुविधाप्रति सम्बन्धित सम्पूर्णमा दुःख प्रकट गर्दै आगामी दिनमा संवाददाता निर्मल श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीहरुसंग किरात राई यायोक्खा हङकङ सुमधुर सम्बन्धको अपेक्षा राख्दछ।

मितिः ३ फेबु्रअरी २०१२
…………………..
किसन राई
अध्यक्ष
किरात राई यायोक्खा हङकङ

नेपाल पत्रकार संघ हङकङको विज्ञप्ति
किरात राई यायोक्खा हङकङद्वारा २० जनवरी २०१२ मा प्रेषित विज्ञप्तिप्रति नेपाल पत्रकार संघ हङकङको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्तिमा संघका सचिव तथा कान्तिपुर दैनिकका स्थानीय संवाददाता निर्मल श्रेष्ठद्वारा सम्प्रेषित समाचारलाई लिएर लगाइएको आरोपपूर्ण आधारहिन, भ्रामक, कपोकल्पित र कुत्सित नियतले अभिप्रेरित भएको संघको ठहर छ।

२५ डिसेम्बरका दिन आयोजित ‘यलम्बर नाईट’ नेपाली सप्ताह २०११ अर्न्तगत गरिएको आयोजक संस्था यायोक्खा र सप्ताहका संयोजक हङकङ नेपलिज फाउन्डेसनले सार्वजनिक गरेको प्रचार सामग्रीमा स्पष्ट उल्लेख छ। कार्यक्रम संयोजक र आयोजकद्वारा प्रकाशित जानकारी बमोजिम नै कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा कलाकार गणेश रसिक र धिरज राई नेपाली सप्ताहको साताव्यापी कार्यक्रम अन्तर्गत आयोजना हुने सांस्कृतिक प्रस्तुतिमा सहभागी हुन आएको उल्लेख छ। सोही आशयको समाचार स्थानीय केही वेवसाईटहरूले पनि सम्प्रेषण गरेका छन्।

तर यायोक्खाको दावी ‘…. कलाकार श्री गणेश ‘रसिक’ तथा श्री धीरज राईलाई हङकङ नेपलीज फाउण्डेसनले नेपाली सप्ताह अन्तर्गतको कार्यक्रममा बोलाइएको……..’ भनेर कान्तिपुरमा लेखिएको समाचार झुठा भनिएको छ। जुन कुरा प्रकाशित समाचारमा कहीं कतै उल्लेख छैन। पत्रिकामा सम्प्रेषित समाचारमा कोही कसैलाई चित्त नबुझे वा केही गुनासा भए सम्बन्धित संचारमाध्यमलाई नै सिधै लिखित प्रतिक्रिया जनाउन सकिने बाटा खुला छन्। तर वास्तविकता भन्दा पर गएर कपोकल्पित लाञ्छना लगाई कुत्सित नियतले सार्वजनिक रुपमा प्रेस विज्ञप्ति जारी भएकोमा नेपाल पत्रकार संघ हङकङ भर्त्सना गर्दछ। यो घटना स्वतन्त्र प्रेसप्रतिको ठाडो आक्रमण भएको यस संस्थाको ठहर छ।

पुनश्चः नेपाली सप्ताह र यलम्बर नाइटसंग सम्बन्धित प्रचार सामग्री र सम्प्रेषित समाचारका प्रतिलिपि यसैसाथ संलग्न गरिएको छ।
…………..
किसन राई
अध्यक्ष
नेपाल पत्रकार संघ, हङकङ

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by