एचकेनेपाल डट कम प्रतिनिधि-
संगीतको माध्यमवाट सहयोग जुटाउन गैरआवासीय नेपाली संघ (एनआरएन) निकै अगाडि छ। हालै एनआरएन इजरायलले वृहत सांगीतिक कार्यक्रमको आयोजनामार्फत नेपालका द्वन्दपीडितहरुलाई सहयोग गर्यो जुन यसकै एउटा गतिलो उदाहरण बनेको छ। नेपालका चर्चित गायक राजेशपायल राईको उपस्थितिमा इजरायलको एभरेष्ट डिस्को क्लवमा भएको उक्त कार्यक्रममा गायक राईले गीत गाएरै स्टेजमा धमाका मचाएका थिए। उनले दर्शन नमस्ते सुपरहिट, दर्शन नमस्ते, राई इज किङ, धरान, सागर सरी, तिम्रो मुस्कान, बिचार चोगेलगायतका आफ्ना २ दर्जन गीतहरु सुनाएका थिए। कार्यक्रममा ३ सय ५० बढी नेपालीको उपस्थिति थियो। कार्यक्रमबाट उठेको रु. २ लाख रकम एनआरएनले द्वन्दपीडित नेपालीलाई सहयोग गरेको बताएको छ।

तस्वीरः अर्जुन जैसवाल

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस