सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो सविधानसभाबाट संविधान पाउने निश्चित भएको बताएका छन्। अध्यक्ष प्रचण्डले सुनसरी क्षेत्र नं. १ को आयोजनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दोस्रो संविधान सभाको निवार्चनपछि १ बर्ष भित्रमा संविधान बन्ने दाबी गरे।

कुनै पनि मुलुकमा दुई पटक संविधानसभाको निर्वाचन नहुने बताउदै उनले यो अपवाद भएपनि अबको संविधानसभाको निर्वाचनले संविधान बन्ने आश्वसन दिदै उच्च स्तरिय राजनितिक समितिमा ६ महिना भित्रमा सहमतिको आधारमा र सहमति नभएमा हलवाट मतदान गरेर भए पनि १ वर्षमा नयाँ संविधान दिने निर्णय भएको जानकारी दिए। उनाले उच्चस्तरीय राजनीतिक संयन्त्र मै निर्णय भएकोले संविधान पाउनेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गरे। तर उनले जनताले चाहे जस्तो संविधान बनाउन भने एमाओवादीको स्पष्ट बहुमत आउनु पर्ने बताउदै त्यसका लागि एमाओवादीलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गरे। संविधानसभाको निर्वाचन नचाहनेले अनेक डर, धम्की, त्रासको वातावरण सिर्जना गरेपनि चुनाव शान्तिपूर्ण हुनेमा जोड दिए। उनले संविधानसभाको पहिलो निर्वाचनमा कसैको स्पष्ट बहुमत नहुदा सहमति अनुसार अगाडि बढ्नुपर्ने बाध्यताले संविधानसभाको विघटन हुन पुगेको स्मरण गराउदै अब त्यस्तो भूल नगर्न नेपाली जनतालाई आग्रहसमेत गरे।

कडा सुरक्षा घेराभित्र रहेर सम्वोधन गरेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र पहिचानसहितको संविधानको अवधारणा एनेकपा माओवादीले नै ल्याएको बताउदै अबको निकास पनि यही पार्टीले गर्ने भएकोले बहुमतले जिताउन आग्रह गरे। सभालाई सम्वोधन गर्दै उनले धरानमा एयरपोर्ट बनाइदिन र धरानको आर्थिक विकाससंगै पर्यटन विकासमा समेत सहयोग गर्ने तथा सुकुम्वासीहरुलाई धनिपुर्जा वितरण समेत गर्ने आश्वसन बाँडे।

एनेकपा माओवादीका सुनसरी इज्चार्ज आइन्द्रविक्रम वेघाको अध्यक्षतामा सम्पन्न चुनावी सभामा केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री बर्षमान पुनलगायत स्थानीय कार्यकर्ता, जातीय संघसंगठनको समेत उपस्थिति रहेको थियो। सभाअगाडि एमाओवादीले ¥यालीको आयोजना गरेको थियो भने विभिन्न जातीय संघ संस्थाले सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेका थिए। अध्यक्ष प्रचण्डको चुनावी सभालाई भाड्न नेकपा– माओवादीले सुनसरी बन्दको घोषणा गरेसगै प्रचण्डका सुरक्षाको लागि १ हजार वढि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने एमाअ‍ोवादी वासिएलको नाममा १ सय वढी बालबालिका परिचालन गरेको थियो। तर नेकपा– माओवादीले गरेका बन्दको कुनै प्रभाव भने परेन।

तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस