एचकेनेपाल डट कम संवाददाता-
काडमाडौं, ५ कार्तिक। गैरआवासीय नेपाली संघ एनआरएनको कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी भएको छ। एनआरएनहरुले १२ वर्ष लामो हिंसात्मक आन्दोलनको औचित्यमाथि प्रश्न उठाउँदै १७ हजार नेपालीको ज्यान जाने गरी चलाइएको हिंसात्मक आन्दोलनको औचित्य पुष्टि गर्न माग गर्दै नाराबाजी गरेका हुन्। एनआरएनएका संरक्षक तथा संस्थापक उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले सहभागीहरुलाई शान्त हुन पटक पटक आग्रह गर्नु परेको थियो। एनआरएनहरुलाई जवाफ दिने क्रममा प्रचण्डको अनुहार हेर्न लायक थियो। उनले प्रत्युत्तरमा यदी त्यसबेलाको विद्रोहलाई इतिहासले गलत सावित गर्छ र फाँसी नै दिन पर्ने हो भने आफू लट्किन तयार रहेको बताए। हेर्नुहोस् भिडियोः


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस