एचकेनेपाल डट कम संवाददाता –
लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु बढी गाएका गायक राजेशपायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीतहरुसमेत गाएका छन्।

लिम्बु शब्द उच्चारण गर्दा अफ्ठ्यारो गरि बोल्ने राजेशले लिम्बु गीत भने निक्कै मज्जाले गाए। उनले बिच बिचमा ख्यालठट्टा गर्दै आफ्नो बिहेको प्रसङ्ग कोट्याउदै, माहोललाई रमाइलो पार्दै भन्थे- ‘राम्री केटी पाए अहिले नै लण्डनबाट पापा मम्मीलाई बोलिपो हाल्छु।’ आइतबार धरानस्थित सैनिक भवनमा सम्पन्न याक्थुङ पालाम साँझमा लिम्बु पहिरनमा नै स्टेजमा आएका राजेशले ‘हाक्पारे ख्याली साम्लोले आम्बी आजुप्से, थेगेक, शिरबन्दी, चेथ्याकेलगायतका लिम्बु भाषाका गीतहरु गाएर हलभरि बसेका दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। राईको सिलाके जवानी नामक भोजपुरी अल्बमले भारतको भोजपुरी संगीत बजारमा राम्रो स्थान पाएको छ। उनले भर्खरै मात्र हिन्दी फिल्म ‘नजाने क्यों’ मा समेत स्वर दिएका छन भने २ वटा भोजपुरी फिल्ममा आवाज दिइसकेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस