सन्तोष काफले / एचकेनेपाल डट कम –
धरान, कालो कालो रात, गुराँसको फेदमुनिलगायतको चर्चित गीतका संगीतकार नवराम राई लामो समयको अन्तरालपछि सांगीतिक आकाशमा देखा परेका छन्।
गत महिना पूर्वाञ्चलका विभिन्न शहरमा आयोजित टुवोर्ग स्टेजको ट्रक सोमा आफ्नो प्रस्तूती दिदै सागीतिक आकाशमा पुन देखा परेका राईले आफ्नै आवाज तथा संगीतमा बैसाख नि वित्यो जेठ पनि वित्यो बोलको १२ वटै महिना समावेश गरिएको गीतको भिडियो समेत निर्माण सुरु गरेका छन्। उनको सो गीतको म्युजिक भिडियोको छायाँकन सकिसकेका छन्। भिडियो तिहार अगाडि नै रिजिल हुने राईको भनाई छ। रोजेश शाक्य र रविन राईको छायांकन रहेको भिडियोको निर्देशन भने अर्का गायक कवि राई र सौरभले गरेका छन्। १२ वर्ष अघि कम्पोज गरिएको भए पनि हालै रेकर्ड गरिएको सो गीत भिडियोसगै रिजिल गर्ने तयारीमा छन् राई।
१२ वर्ष अगाडि नै नेपाली सांगीतिक आकाशमा उदाएका राई आफ्ना घरायसी कारणले गीत संगीतलाई निरन्तरता दिन नसकेको भए पनि अव भने क्रियाशिल हुने वताउछन्। मोफसलवादको कारण आफू जस्ता गायकहरु पछि पर्ने गरेको वताउने राई नयाँ जोस र जागरका साथ पुन सांगीतिक क्षेत्रमा क्रियाशिल हुदै छन्। उनको यसअघि नमुना नामक एल्बम बजार आइसकेको छ भने चाडै नयाँ एल्बमसमेत बजारमा ल्याउने उनले वताए। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b