मीन प्रकाश उप्रेती /एचकेनेपाल डट कम-
सउल । कोरियामा सम्पन्न लुम्बिनी प्रथम रनिङ्ग कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि कास्की परिवार कोरियाले जितेको छ। सउल नजिक मङ्गोलसान स्टेडिमयमा आइतबार भएको खेलमा बाग्लुङ्ग समाजलाई पराजित गर्दै कास्की परिवार उपाधि जित्न सफल भएको हो।

रुपन्देहि सम्पर्क समिति कोरियाले सञ्चालन गरेको प्रतियोगितामा गुल्मी सम्पर्क समिति, बाग्लुङ्ग सम्पर्क समिति, एस एम टि समिति,रुपन्देहि सम्पर्क समिति , कास्की परिवार ए र बि, जन सम्पर्क समिति ,म्याग्दी समाज ,स्याङ्गजा परिवार ,पर्वत समाज र मगर सङ्घ कोरिया गरी १२ टिमको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी बाग्लुङ्ग समाजका चिनु छन्त्याल भइन् भने अनुशासित टिमको उपाधि गुल्मी सम्पर्क समितिले पाएको थियो। सो खेलमा तनहूँ सम्पर्क समितिले तेस्रो स्थान लिएको थियो। प्रतियोगितामा निर्णायकको भूमिका राष्ट्रिय स्तरबाट मान्यता प्राप्त रेफ्रिद्वय केश भक्त गुरुङ, संखर गुरुङ र अमित रानाले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन आयोजकका तर्फबाट दुर्गा न्यैापानेले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि श्रम सहचारी अनिल गुरुङले खेलको उद्घाटन गर्दै विजेता र उपबिजेता टिमलाई सिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए। यसै गरी, कार्यक्रमको पहिलो चरणमा भएको महिलाहरूको मैत्रीपूर्णखेलमा जनसंपर्क समितिले कास्की परिवार कोरियालाई पराजित गरेको थियो भने महिला तर्फबाट उत्कृष्ट खेलाडी गङ्गा थापा(श्रेष्ठ) भएकी थिइन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस