बेलायती दूतावासमा सुरेन्द्र, सन्तोष र उर्मिलाको चर्चा
राजदूत चालिसे र उपप्रमुख क्षेत्रीबीच बांडफांड

विकास खतिवडा / एचकेनेपाल डट कम-
लण्डन । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. सुरेशन्द्र चालिसे र उपप्रमुख तेज बहादुर क्षेत्रीले रिक्त पदमा आ आफ्ना मानिस भर्ना गर्ने तयारी गरेका छन्। दूतावास श्रोतका अनुसार करीब दुई महिनाअघि विज्ञापन गरी आवेदनहरु लिएपनि उनीहरुले आफ्ना आफन्त भर्ना गर्न लागेका हुन्।

बेलायतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा विज्ञापन प्रकाशित गरी आवेदन खुला गरेपछि दूतावासमा करीब २५ जनाले फर्म बुझाएका थिए। यद्यपि ति फर्महरुप्रति वेवास्ता गर्दै राजदूत र उपप्रमुखले आ(आफ्ना मानिस राख्न लागेको बुझिएको छ। यहि विषयमा राजदूत र उपप्रमुखबीच लामो समयदेखि नै मनमुटाव थियो। यसका अलावा दूतावासमा आउने आर्थिक श्रोतमा राजदूतले मात्र आफुखुशी गरेपछि रुष्ट रहेका उपप्रमुख क्षेत्रीलाई फकाउन राजदूतले उनका साला सुरेन्द्र रायमाझीलाई भर्ना गरिदिने आश्वासन दिएको श्रोतले दावी गरेको छ। यसअघि राजदूत चालिसेले आफ्ना सहयोगीद्वय सन्तोष मरासैनी र उर्मिला श्रेष्ठलाई रिक्त दुई पदमा ल्याउन चाहेका थिए। राजदूतको यो प्रस्तावलाई उपप्रमुख क्षेत्रीले ठाडै अस्वीकार गरेपछि राजदूतले दुई मध्य एक पदमा उनका साला सुरेन्द्रलाई राख्ने तयारी गरेका छन्। दूतावासका अस्थायी कर्मचारीहरु दमन्ता खरेल र सुरेन्द्र भण्डारीलाई राजदूत चालिसेको ठाडो निर्देशनमा हाजिर गर्न रोक लगाएपछि उनीहरुले यसअघि नै राजदूत विरुद्ध अख्तियारमा उजुरी दिइसकेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस