बुधबल गुरुङ / एचकेनेपल डट कम-
दोहा–कतार, तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको “नेपाली सांगितिक मेला २०१३” को उद्घाटन कार्यक्रम तथा प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रम अक्टुबर १५ तारिख मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अधाको पहिलो दिन नेपाली कला केन्द्रको सभाहलमा तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष आश बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि गैरआवासिय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद कतारका कोषाध्यक्ष द्रोण बहादुर बस्नेत हुनुहुन्थ्यो भने विशेष अतिथीहरुमा समाजसेवी सागर नेपाल तथा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक महासचिव पुरुषोत्तम सुनुवार हुनुहुन्थ्यो । त्यसै गरी कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरु तथा राजनिति पार्टीहरुका प्रतिनिधीहरु अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा उपस्थित अतिथीहरु तथा कलाकारहरु र दर्शकहरुलाई तमू समाज कतारका प्रथम उपाध्यक्ष कृष्ण तमूले स्वागत गनुभएको थियो भने तमू समाज कतारका अध्यक्ष तथा “नेपाली सांगितिक मेला २०१३” का संयोजक बिमल गुरुङले कार्यक्रमका बारेमा प्रष्टयाउनु भएको थियो। कार्यक्रममा विशेष अतिथीहरु सागर नेपाल र पुरुषोत्तम सुनुवारले कार्यक्रमको सफलताको शुभकामना मन्तब्य दिएका थिए । शुभकामना मन्तब्यमा विशेष अतिथीहरुले यस कार्यक्रम कुनै जाति विशेषको कार्यक्रम नभई सम्पूर्ण नेपालीहरुको कार्यक्रम भएको नेपाली कला संस्कृतिको संरक्षण गर्ने कार्यमा तमू समाज कतारले गरेको अनुसरणीय कार्यको विश्व भरी फैलिएर रहेका नेपालीहरुले सहयोग गर्नु पर्नेे बताउनु भयो । त्यसै गरी प्रमुख अतिथी गैर आवासिय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद कतारका कोषाध्यक्ष द्रोण बहादुर बस्नेतले यो कार्यक्रमले सम्पूर्ण कतारवासी नेपालीहरुको आफ्नै साझा कार्यक्रम भएको गैर आवासिय नेपाली संघले सहयोग गर्ने बताउनु भयो।
उद्घाटन सत्रको औपचारिक कार्यक्रम तमू समाज कतारका महासचिव खेम गुरुङ तथा प्रथम चरणको छनौट कार्यक्रम तमू सांस्कृतिक परिवार कतारका सचिव हितमान घले र तमू समाज कतारका सहसचिव खुशीमान तमूले संचालन गर्नुभएको थियो । कार्यक्रमको गायन तर्फ सन्तोष गुरुङ्ग र दिनेश लिम्बु तथा नृत्य तर्फ भविन्द्र तामाङ्ग, प्रविण राई र भुपेन्द्र मगर निर्णायकमा हुनुहुन्थ्यो भने, पर्यवेक्षकहरुमा राजेशदर्शन अर्यालको संयोजकत्वमा क्रान्ति सिंह र मोहम्मद अजिन अली हुनुहुन्थ्यो।
एकल गायन तथा एकल नृत्यको पहिलो चरण्को छनौटबाट दोश्रो चरणमा निम्न अनुसारका कलाकारहरु प्रवेश गर्न सफल भएका छन्।
क. एकल गायनतर्फ
१. लक्ष्मण शर्मा
२. राम कुमार राई
३. सकुर जास्मी
४. राज खालिङ्ग
५. शिव नारायण चौधरी
६. मदन भुजेल
७. नवराज पाख्रिन
८. जुन गुरुङ्ग
९. राम राना मगर
१०. दिवस याख्खा
११. मोहन शाह
१२. टेक बहादुर वि.क.
१३. निनल गुरुङ्ग
१४. विष्णु जि.सी.
१५. बिरेन्द्र श्रेष्ठ
१६. मधु लामा
१७. कृष्ण शिवा
१८. केशव शर्मा
१९. अम्बर गुरुङ्ग
२०. प्रेम कुलुङ्ग
२१. अमृत लिम्बु
्२२. सागर चाम्लागाई
२३. विजय राना
२४. विष्णु प्रसाद धिमाल
२५. दिपेन्द्र धमला
क. एकल नृत्यतर्फ
१. बब्ले विष्ट
२. दिपक मगर
३. नज्मा मिया
४. सरस्वती गुरुङ्ग
५. किरण लामा
६. निशान दर्जी
७. सन्तोष गुरुङ्ग
८. डम्बर तिलिसा
९. निना शेर्पा
कार्यक्रम आयोजकका अनुसार प्रथम चरणको छनौटबाट दोश्रो चरण्को छनौट कार्यक्रम अक्टुबर १८, शुक्रबारका दिन टप फर्म रेष्टुरेण्टको सभाहलमा हुने आयोजकले जनाएको छ । त्यसै गरी अर्को कार्यक्र लोक दोहोरी प्रतियोगिताको छनौट चरण अक्टुबर २५, शुक्रबारका दिन, हुने आयोजकले जनाएको छ। त्यसैगरी नोभेम्बर १ मा एकल गायन र एकल नृत्यको अन्तिम उत्कृट ५ जनाको छनौट, युगल तथा सामूहिक नृत्यको अडिसन तथा उत्कृट अन्तिम छनौट चरण नोभेम्बर १५ मा हुनेछ भने सबै विधाको ग्राण्ड फिनाले डिसेम्बर २७, शुक्रबारका दिन सम्पन्न गर्ने आयोजकले जनाएको छ । सो ग्राण्ड फिनालेमा एकल गायनबाट “गैर आवासिय नेपाली तारा २०१३”, एकल नृत्यबाट “गैर आवासिय नेपाली नृत्य तारा २०१३”, लोक दोहोरी प्रतियोगिताबाट “उत्कृष्ट लोक दोहोरी समुह २०१३” र युगल तथा सामूहिक नृत्यबाट “उत्कृष्ट युगल तथा नृत्य समूह २०१३” को घोषणा गरिनेछ।
फेसबुक पेज: https://www.facebook.com/Nepalimusicmelaqatar
बुधबल गुरुङ / दोहा, कतार
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b