विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, ३१ असोज। अमेरिकाको डिसी महानगर क्षेत्र (म्यारिल्याण्ड, वाशिंगटन डिसी तथा भर्जिनिया)भर नेपालीहरुको महान चाड बडा दशैं हर्सौल्लास तथा मनोरन्जनात्मक रुपमा मनाईएको छ।

बिशेष गरि बडा दशैंमा मासुका परिकार बाहेक नेपालको तिर्सना मेटाउने गरि घर घरमा गृहणीहरुले सेल रोटी बनाएर सबैलाई मन फुकाएर खुवाएका छन्। डिसी महानगर क्षेत्रकै एक परिवारले मान्यजनहरुबाट टिका ग्रहण तथा खान पिन गरे पश्च्यात बडा दशैँको शुभ उपलक्ष्यमा केक काटी विजया दशमी मनाएका छन्। उक्त केकमा ”ह्यापी दशैँ” लेखिएको थियो।

दशमीको दिन बिहानदेखि नै नारीहरु पूर्ण सृंगारसहित रातो फरिया,पुरुषहरुले नेपाली दौरा सुरुवाल र नेपाली ढाकाको टोपी,रातो अक्षता निधारमा र जमरा लगाई भ्याई नभ्याई भएको देखिएको थियो। भर्जिनियाको आशबर्नस्थित एक परिवारले मासुका परिकारहरूको अलावा बालबालिकाहरु थप मनोरंजन गर्ने उद्देश्यले केक काटी खुसियाली मनाएका छन्। बालबालिकाहरुलाई अझ मनोरंजन होस् र यसैको लागि भए पनि बच्चाहरु झुमिन्छन् भनि एक परिवार सदस्यले भने। गुलियोमा केटाकेटीहरु रमाउने हुनाले यो तरिका अपनाएको उनले भने।

यस क्षेत्रमा नेपाली समुदायको पछिल्लो दशकदेखि निक्कै बढेकोले बडा दशैको पूर्वसन्ध्यामा छुट्टीको दिन मिलाएर धेरै ठाउमा सांस्कृतिक साँझको पनि आयोजना गरिएको छ भने यसै मौकामा संघ तथा संस्थाको माध्यमबाट बडा दशैको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमहरु प्रशस्त सम्पन्न भएका छन्। डिसी महानगर क्षेत्रमा केही बर्ष आगाडि स्थापना भएको डिसी नेपाली समाजले दशमीको दिन बिहान ७ बजे ११ बजे सम्म नेपाली समुदायलाई जमरा वितरण गरेको थियो भने बिदेशमा सबैले जमरा राखन सम्भव नहुने हुनाले बिहानैदेखि मानिस ताती लागेको थिए भने सबैलाई पुग्ने जमरा उमारिएको छ भनि आयोजकले भने । यसै गरी, स्थानीय कलाकारको साथमा नेपाली गीत तथा नृत्य गर्दै सांगीतिक कार्यक्रमहरु पनि सम्पन्न गरिएको छ।

नेपालीहरुको जनसंख्या बढ्दै गरेको अवस्था र दशैँताका नेपालीहरुले अनिबार्य मासु खरिद गर्दछन् भन्ने सोचेर खसी ब्यापारीहरुले पोहोर साल किनेको खसीको मोल भन्दा यसपाली निक्कै बढाएर बेचेको र किन्ने पर्यो भनि एक नेपाली परिवार सदस्यले भनिन्। चर्को मोल पर्यो र खसी पनि किन्नै पर्यो भनि दुखेसो पोखे। बरु कुखुराको मासु खाए कोलेस्टोरोल पनि नबढ्ने भन्दै हास्य व्यंग गरे तर नेपालीहरुलाई छाला भएको खसीको मासुमा स्वाद हुने हुनाले खोजेको तर नपाईएको बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस