मीनप्रकाश /एचकेनेपाल डट कम –
सउल । दक्षिण कोरियामा रहेका नेपालीहरूले उल्लासका साथ दसैँ मनाएका छन्। राजधानी सउल, ख्वाङ्गजु र किमेक्षेत्रका नेपालीहले रातो टीका लगाएर हर्षकासाथ दसैं मनाएको देखेर कोरियन सहितका विदेशी नागरिक अनैाठो मान्दै हेरिरहेका देखिन्थे। एक कोरियनले नेपालीलाई उनकै भाषामा सोध्दै थिए, ‘किन रातो टिका निधारमा लगाएको ?’ उनलाई जवाफ दिंदै सन्तोष श्रेष्ठ आफ्नो परम्पराबारे जानकारी गराउँदै थिए। यो पटक केही कोरियन नागरिकले पनि दसैं मनाएर टीका थापेका छन्।

कोरियामा कहाँ कहाँ मनाइयो दफेन्थेक
यो वर्ष पनि फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन सेन्टर) ले नेपालीहरूको उल्लेखनीय उपस्थितिमा दसैं मनाएको छ। दसैंके शुभकामना बाँड्दै नेपाली परिकारको व्यवस्था गरिएको कार्यक्रममा स्थानीय कलाकारले कला प्रस्तुत गरेका थिए । करिब तीन सय नेपाली सहभागी कार्यक्रममा समाजसेवाबाट सेन्टरलाई योगदान दिने सेन्टरका निवर्तमान अध्क्ष्य यादव खनाललाई ताम्रा पत्र प्रदान गरियो। कार्यक्रममा पत्रकार मीनप्रकाश उप्रेती, डा.हृदयस मल्ल र डा. रोष्नी उलकलाई पनि सम्मान गरियो। कार्यक्रमका प्रमुख अतिथि श्रम सहचारी अनिल गुरुङ र विशेष अतिथि सनमुन बिश्वबिध्यालयका प्राध्यापक जनार्दन लामिछानेले संयुक्तरुपमा सम्मान र ताम्रापत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा नेपालीबीच दिदीको परिचय बनाएकी कोरियन महिला व्हा हि सहितका कोरियनले टीका ग्रहण गरेका थिए।
सउल
राजधानी सउलमा पनि नेपालीहरूले वडा दसैँ हर्षोल्लासका साथ मनाएका छन् । एनआरएन कोरियाले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि राजदूत कमानसिह लामा रहेका थिए। एनआरएनएद्धारा सञ्चालित नेपाल हाउसको सहयोगार्थ नमस्ते र स्थानीय सुनखरी ब्यान्डले संगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा राजदूत कमानसिंह लामाले शुभकामना दिदैं दसैँ हिन्दुहरूको मात्र नभई सबै नेपालीहरूको साझा पर्व भएको बताउनुभयो। ‘दसैँलाई किन हिन्दुहरूको महान् पर्व भनिन्छ ?, के अन्य धर्मावलम्वीहरुले दसैँ मान्न नहुने ?’ लामाले भन्नुभयो। एनआरएन कोरियाका अध्यक्ष विनोद कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो। दसैंको टीकाको दिनलाई साईत बनाई नेपाली दूतावास कोरियाले पनि सोमबार दसैँ मनाएको छ । स्थानीय सममाजसेवी र व्यापारीहरू उक्त कार्यक्रममा उपस्थित थिए । राजदूत लामाले उपस्थित सबैलाई टिका र जमरा लगाईदिनुभएको थियो। सोही दिन भक्तपुर समाज कोरियाले पनि दसैं मनाएको छ। टिका र जमरा लगाउँदै नेवारी परम्पराका परिकार पनि खाँदै दसैं मनाइएको हो। अक्टोबर १२ तारिखमै ठकुरी समाज कोरियाले पनि दसैँ कार्यक्रम मनाएको थियो।
किमे
कोरियाको अर्को सहर किमेका नेपालीहरूले पनि दसैं मनाएका छन् । किमे माईग्रेण्ट सेन्टरको आयोजनामा सोही क्षेत्रको राष्ट्रिय संग्रहालय परिसरको भवनमा शुभकामनाको आदान प्रदानसहित दसैँ कार्यक्रम मनाएका हुन्। उक्त कार्यक्रम किमे माईग्रेन्ट सेन्टरका सञ्चालक यज्ञ राज सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो।
ख्वाङ्गजु
ख्वाङ्गजुमा रहेका नेपालीहरूले पनि दसैं मनाएका छन् । स्थानीय नेपाली समूहको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली परम्पराअनुसार पूजासहित दसैं मनाईएको ख्वाङ्गजु क्षेत्रका नेपाली प्रमुख श्री खनालले बताउनुभयो। नेपाली स्वादका परिकार खादैं मनाईएको दसैंमा कार्यक्रममा नेपालीसँगै कोरियन र अन्य विदेशीहरु पनि सहभागी थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस