एचकेनेपाल डट कम संवाददाता-
विराटनगर, ७ चैत्र । नेकपा एमालेको भ्रातृ संगठन युथफोर्सले नेपाली चलचित्र चपली हाईटको विरोध गर्दै प्रदर्शनमा अवरोध पुर्र्याएको छ।
चलचित्र चपली हाईटले अश्लिलता फैलाएको भन्दै युथफोर्सले मंगलवार विराटनगरको हिमालय टाकिजमा अवरोध पुर्र्याएको हो।
युथफोर्सले अवरोध गरेपछि चलचित्र प्रदर्शनमा करीव आधा घण्टा ढिलो भएको थियो। युथफोर्स कार्यकर्ता र हल संचालकबीच सहमति भएपछि चलचित्र प्रदर्शन भएको थियो। हल सञ्चालकले १६ मुनिका बालबालिकालाई चलचित्र हेर्न रोक लगाउने प्रतिवद्धता जनाएपछि मात्र प्रदर्शन सुचारू भएको हो।
चलचित्र सेन्सर बोर्डले चपली हाईटलाई वयस्कहरुले मात्र हेर्ने पाउने गरी सर्टिफिकेट दिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस