एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० असोज। रमजान–इदपछिको दोस्रो ठूलो चाड बकर इदको अवसरमा आज नेपाललगायत विश्वभरका मुस्लिम धर्मावलम्बीले एक–आपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरी भव्यरूपमा मनाउँदैछन्। इस्लामका पाँच आधारस्तम्भमध्ये हजलाई मुख्य मानिन्छ। बकर इद मुस्लिम समुदायको हज (तीर्थाटन) र बलिदानको रूपमा मनाइन्छ। यो खुसीको महिना भएकाले यो पर्व तीन दिनसम्म मनाइन्छ तर यस पर्वमा रोजा (व्रत) बस्न पर्दैन। रमजान (इदुलफित्र)को ठीक दुई महिना दश दिनमा मनाइने यो पर्वमा हज गर्न जान चाहने हैसियत भएका मुसलमानहरू साउदी अरबको मक्का र मदिना जाने गर्छन्। बकर इदको दुईदिन अगाडि मक्कादेखि पाँच किमि पूर्वको मीना मैदानमा लाखौँ मुसलमान भेला भएर इद–अल–अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउँछन्। प्रत्येक मुसलमानले हजलाई धार्मिक एवम् ठूलो पुण्यप्राप्ति हुने र जीवनको सफलतासँग गाँसेको हुन्छ। हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ र उनीहरू यसलाई गौरव ठान्छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस