विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, २९ आश्विन। अमेरिकाको सन् फ्रान्सिस्कोमा उत्तर क्यालिफोर्नियाका संगठित युवाहरुले कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्ध शान्तिपूर्ण जुलुस निकालेका छन्। आगामी सन् २०२२ मा आयोजना हुन गैरहेको बिश्वकप प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाहरु निर्माण गर्न खटिएका नेपाली श्रमिकको श्रम शोषणको बिरोध गर्दै “हामी न्याय चाहन्छौ, शोषण बन्द गर, नो मोर डेथ, यदि न्याय छैन भने फिफा पनि छैन।” भन्ने नाराले गुन्जयमान भएको थियो। नेपाली श्रमिकहरुको हक, अधिकारको लागि अक्टोबर १३ तारिख बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म जुलुससभाको आयोजना गरिएको थियो। करिब १५ हजार जनाको डिजिटल (अंकीय) हस्ताक्षर पुर्याई सकेका युवा वर्गले एक लाख निबेदन पुर्याउने लक्ष्य लिएको जनाएको छ।
छिटै संयुक्त राष्ट्रसंघका लागि कतार स्थायी नियोगको कार्यालयमा शान्तिपूर्ण नाराजुलुस गर्दै कतारमा काम गर्ने सम्पूर्ण कामदारहरुलाई मानबीय तरिकाको काम गर्ने अवस्थाको ब्यबस्था गर्न, कामदारहरुले उनीहरुले चाहेको बेलामा काम छोड्न पाउने सुबिधा दिन, कामदारहरुलाई उचित र जिउन सक्ने तहको ज्याला प्रदान गर्न, कामदारको कार्य क्षेत्रमा सुरक्षा व्यवस्था अपनाउन, कामदारहरुको तलब रोकेर नराख्न र समयमा भुक्तान गर्न तथा कामदारहरुको राहदानी खोसेर मालिकले नराख्न जस्ता माग राख्दै हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउने उद्देश्य रहेको बताएको छ।
यस अभियानमा भर्खर मात्रै न्यु योर्कबाट २४ सै घण्टा संचालनमा रहेको व्हाइट हिमाल टेलिभिजनले सार्बजनिक सूचना मार्फत कतार बारेमा जानकारीमा ल्याएको थियो भने सरोकार वालाहरुलाई ध्यानाकर्षण गराउन न्यु योर्कमा पनि बिरोध प्रदर्शन गरिएको थियो। विश्व भरि छरिएर रहेका सबैलाई हस्तक्षर संकलन अभियानमा साथ दिन अनुरोध गर्दै सहयोग गर्न अपिल गरिएको छ।
यो पनि हेर्नुहोस्:
कतारमा दिनदिनै मर्दैछन् नेपालीसहितका कामदारहरु
जहाँबाट ऋण तिर्ने पैसा होइन, छोराको शव आइपुग्छ…
Photo Courtesy: Chataut | photography
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b