एचकेनेपाल डट कम संवाददाता –
कोरियाको राजधानी सिओल देखि झण्डै २८० सय किलोमिटरको दुरीमा रहेको शहर थेगुमा नेपाली लोक सांस्कृति झल्कने जातिय गहनाको प्रर्दशनी अक्टोबर ११ देखि १३ तारिखसम्म थेगु फेशन जेवेलरी टाउनको एक्जीविशन हलमा भव्य रुपमा सम्पन्न भयो।
थेगु युनिभरसिटि र मोर्डन जेवेलरी डिजाईन एक्जीबिशन कमिटिको आजोजनामा भएको सो कार्यक्रममा नेपालको विभिन्न जनजातिहरु मध्ये लिम्बु र राईहरुको परम्परागत छोरी चेलीहरुले लगाउने गहनाको प्रर्दशनी गरेका थिए। गरगहना प्रर्दशनी कार्यक्रमको पहिलो दिन थेगु युनिभरसिटिका डिन किम ग्युङ सिक र बरिष्ट जेलवरी डिजाईनर छो नाम सिक र थेगु महानगरपालिकाका उच्च पदाधिकारीको साथमा नेपालबाट गहना प्रर्दशनीका लागी कोरिया आएकी किरात याक्थुङ चुम्लुङ धरान शाखाकी सल्लाहकार भिष्मा चेम्जोङ र किरात राई यायोक्खा धरान शाखाकी सल्लाहकार शिव बान्तावाले रिबोन काटेर उदघाटन गरेका थिए।
थेगु युनिभरसिटिका डिन कि ग्युङ सिकले प्रकृतीले भरिपूर्ण सुन्दर राष्ट्र नेपालको लिम्बु र राई जातिको सुन र चांदीले बनेको गरगहना अवलोकन गर्न पाउदा खुशी लागेको बताउदै यस कार्यक्रमले नेपाल र कोरिया बीचको सम्बन्धमा थप विकास हुनेमा आशावादी रहेको बताए। नेपालबाट गहना प्रर्दशनीका लागि कोरिया आएकी किरात याक्थुङ चुम्लुङ धरान शाखाकी सल्लाहकार भिष्मा चेम्जोङले कोरियामा लिम्बु र राई जातिको गहना प्रदर्शन गर्न पाउदा अत्यन्त खुशी र गर्व लागेको बताए। त्यस्तै नेपालबाट आएकी किरात राई यायोक्खा धरान शाखाकी सल्लाहकार शिव बान्तावाले कोरियामा बोलाई हाम्रो जातिय गहनाहरु प्रर्दशन गर्ने मौका दिने थेगु युनिभरसिटि र धरान कोरिया सहयोग समितिका अध्यक्ष तथा पत्रकार डम्बर सुब्बालाई ह्रदयदेखि आभार व्यक्त गर्दछौ भन्नु भयो। ३ दिन सम्म भएको सो गहना प्रर्दशनी कार्यक्रममा उपस्थित कोरियन नागरिकहरुले नेपालको गहनाहरु हेरेर नौलो र अनौठो भएको विचार व्यक्त गर्दे धरै उत्सुकता र चासो राखेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b