विजय थापा/ एचकेनेपाल डट कम-
भर्जिनिया, बिश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक कार्यक्रममा प्रतिनिधि मण्डलसहित वाशिंगटन डिसीमा सहभागीका लागि आएका अर्थमन्त्री शंकर कोइरालाले एक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै ३ बर्षभित्र मुलुकमा लोड सेडिंग (बिद्युत कटौती)समस्याको हल हुने बताएका छन्।

उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको संस्थाद्वारा अमेरिका नेपाल सोसाइटी (समाज)द्वारा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा अर्थमन्त्री कोइरालाले सहभागी हुन आउनुको मुख्य कारण नीति,कार्यक्रम तथा बजेट(आय व्यय)पारित गर्नु हो। नेपाल र बिश्व बैंकसंग द्वीपक्षीय सम्बन्ध अझ सुधार्नु पर्ने रहेको बताउदै नेपाललाई अहिलेसम्म कै ठूलो आर्थिक सहयोग बिश्व बैंकले गरेको उनले बताए। सम्मेलनमा भाग लिनुको उद्देश्य ”अति गरिवी ”लाई न्यूनतम ३ प्रतिशतमा झार्ने रहेको बताउदै आफू ९ महिनाको लागि मात्र प्रतिनिधित्व गरेको भन्दै केही वक्ताहरुले उब्जाएका सवालको जवाफमा आफू कुनै दलमा आबद्ध नभएको,तटस्थ सरकार रहेको ,नेपाल श्रोत र साधनबाट सम्पन्न भएको मुलुक भएको उल्लेख गर्दै व्यवस्थापन मात्र गर्न नसकेको बताए।

अगाडि आफ्नो मन्तब्य राख्दै जल बिद्युत, पूर्वाधारको निर्माण र पर्यटक आदि सरकारको मुख्य कार्यसूची रहेको उल्लेख गर्दै र हाम्रो प्राथमिकता यहि हो भन्दै नेपालको गति अगि बढी सकेको कुरा गर्दै मुलुकले ठूलो फड्को हानी सकेको र राजस्व संकलन २२ प्रतिशतले वृद्धि भएको चर्चा गरे। अर्थमन्त्रीले आयत र निर्यातको अनुपातमा खतरा रहेको उल्लेख गर्दै यसमा सरकार लागि परेको जानकारी गरााएका थिए। सवालको जवाफमा चुनाब निश्चित हुन्छ भन्दै राजनैतिक दल र मतदाता पनि तैयार रहेको अवस्थाको बारेमा अवगत गराए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस