एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २७ असोज। जताततै दशैको चहलपहल छ। हुनेले त दशै राम्रै गरि मनाएका छन तर नहुनेले पनि ऋण धन गरेर मनाएकै होलान्। नेपाली चाड पर्व पछिल्लो समय खर्चिलो बन्दै जाँदा गरिव र विपन्नलाई दशै जस्ता चार्डपर्व बोझिलो बन्दै गएका छन्। बोझिलो बन्दै जाँदा हुनेका अगाडि नहुनेको मन अमिलो हुन्छ। त्यसैले कसैलाई देखाउनका लागि भन्दा पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने गरि मनाउनुपर्छ।

नेपाल विदेशमा पनि यो चाड भब्य रुपमा मनाइएको छ। आफ्ना परिवारहरु मिलेर नेपालीहरुको महान चाड दशै मनाउन आफ्नो परिवारबाट छुटिएकाहरु पनि घर फर्किएका छन् र आफना परिवारसंग रमाइरहेका छन्। तर पोखरा बृद्धाश्रममा आफन्नै सन्तानबाट अपहेलित बृद्धाबृद्धहरुलाई भने कसले हेर्ने। उनीहरुकोसंग रमाउने तर पनि दुखीको साथी दुखी नै हुन्छ भने जस्तै त्यस्तै दुख, पीडा र परिवार तथा आफनै सन्तानले अपहेलितहरु आआफ्ना सन्तानको सम्झना गरेर मनाइरहेका छन्। दशैमा नयाँ लुगा लगाउने, मिठो खाने बृद्धबृद्धाको रहर रहमै सिमित छ। पोखराको सितापाईलमा भेट भएका यस्तै बृद्धाश्रमहरुलाई दशैको कुनै आभाष छैन।

आफ्ना सन्तानले नहेरे पनि उनीहरुलाई पोखराका दुई महिलाले आर्थिक सहयोग गरेका छन्। विदेशबाट दशै विदामा आएका पोखरा बृद्धचोक निवासी हेमा गुरुङ र भद्रकुमारी गुरुङले पोखराको ढुङगेसाँघुमा रहेको पोखरा विद्याश्रमका बृद्धबृद्धालाई आर्थिक सहयोग प्रदान गर्नु भएको हो। पैसा भएर पनि मन भएन भने के लाग्छ तर उहाँसंग मन थियो त्यसैले बेलायत र हङकङबाट विदामा आएको अवसरमा शनिबार बृद्धाश्रममै पुगेर आर्थिक सहयोग गर्नुभयो। पोखरा बृद्धचोक निवासी हेमा गुरुङ हाल बेलायत र भद्रकुमारी गुरुङ हङकङमा बस्दै आउनु भएको छ। उहाँहरुले पोखरा विद्धाश्रममै पुगेर ६५ जना बृद्धाबृद्धालाई जनही दुई दुई सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो। उहाँहरुले बृद्धबृद्धाहरुलाई मात्रै हैन त्यहाँ कार्यरत ६ जना कर्मचारीलाई पनि दुई दुई सय रुपैयाँ प्रदान गर्नुभयो। उहाँहरुले विगतका वर्षहरुमा पनि दशैमा विदामा आएको बेला सहयोग गदै आउनु भएको पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रन्जितले जानकारी दिनु भयो। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस