एचकेनेपाल डट कम संवाददाता-
नयाँदिल्ली, २७ असोज। भारतको उडिसा र आन्ध्रप्रदेशमा शनिवार राति आएको शक्तिशाली समुद्री आँधी (साइक्लोन)ले रातभर आतंक मच्चायो। ठूला ठूला रुख ढल्दा उडिसामा ७ जनाको ज्यान गएको छ। यसअघि, साइक्लोन आउने भएपछि सरकारले लाखौं जनतालाई सुरक्षित स्थानतर्फ सारिएको हुनाले ठूलो मानवीय क्षति भएन। २०० किमी प्रतिघण्टाको आँधीले विहानसम्म घरका छत तथा गाडीहरुलाई तहसनहस बनाएको समाचार एजेन्सीहरूले बताएका छन्। १४ वर्ष पहिले पनि यस्तै प्रकारको समुद्री आँधी आउनुअघि सचेत गराउंदासमेत वेवास्ता गर्दा सन् १९९९ मा बंगाल खाडीमा आएको आँधीले १०,००० को ज्यान लिएको थियो भने लाखौं घरबारविहीन भएका थिए।


[liveblog]

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep
tep
tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस