सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान। वडा स्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत २० वर्षदेखि गोधुली क्लब धरानले आयोजना गर्दै आईरहेको फुटबल प्रतियोगिताको १४ औ संस्करण कार्तिक ४ देखि हुने भएको छ। रेडबुल गोधुली फुटबल रनिङ कप २०७० नाम दिएको प्रतियोगिता कार्तिक ४ गते देखि २५ गतेसम्म धरान १७ एन्फा एकेडेमीको मैदानमा सञ्चालन हुने भएको हो। धरानलाई फुटबल नगरको रुपमा विकाश गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

अन्तरवडा स्तरीय रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानका १५ वटा वडा स्तरिय टिमहरु समावेश हुने भएका छन्। प्रतियोगिताले कुलतमा फस्दै गएका युवाहरुलाई विसंगतिबाट टाढा राख्दै खेलको माध्यमले लागुपदार्थ मुक्त समाज निर्माणमा सहयोग पुर्याउने क्लबका अध्यक्ष देश कुमार राईले बताए। प्रतियोगितामा धरानको १, २, ५ र १८ बाहेक सबै वडाका टिमहरु समावेश हुने भएका छन्। धरानको वडा १८ नम्बर भने गतवर्षको प्रतियोगितामा अफिसियल र खेलाडीलाई हातपात गरेपछि एकवर्षका लागि कारबाहीमा परेको थियो। वडा नम्बर १८ यस अघिका दास्रो र दशौ संस्करणको उपाधि हात पारेको थियो। प्रतियोगिता विजेताले ४० हजारसहित ट्रफी र उपविजेताले नगद २५ हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष राईले पत्रकार सम्मेलनमा जनाए। गतवर्षको प्रतियोगिताको तुलनामा यस वर्ष नगद राशि ५ हजार रुपैयाले बढी हो। धरान १७ स्थित एन्फा एकेडेमीमा हुन लागेको प्रतियोगितामा रेडबुलको मूख्य प्रायोजन रहेको छ भने सह प्रायोजन उदय सामुदायिक वन उपभोक्ता समूह धरान १७ले गरेको छ। प्रतियोगिताबाट हुने आम्दानीबाट संस्थाले भवन निमाणका लागि खचिर्ने उपाध्यक्ष सतिस केसीले बताए। तह्रो सस्करण धरान ११ ले जितेको थियो भने अहिलेसम्म गोधुलीबाट उत्पादित २२ जना ए डिभिजन लिगमा खेलिरहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस