एचकेनेपाल डट कम संवाददाता –
दैलेख, २४ असोज। प्रहरी जवानले विहीवार बिहान करीव ५ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गोली हानी हत्या गरेका छन्। दैलेखका प्रहरी जवान कमलप्रसाद शर्माले प्रहरी निरीक्षक हेमराज भट्टको कन्चटमा गोली हानी हत्या गरेका हुन्। शर्माले डडेल्धुरा घर भएका निरीक्षक भट्टलाई गोली हानेपछि आफ्नो पेटमा गोली हानेर आत्महत्या गरेका छन्। सुतिरहेका भट्टको टाउकोमा दुई पटक गोली प्रहार भएको जनाइएको छ। शर्माको उपचारको लागि अस्पताल लैजाँदा गर्दा बाटोमै मृत्यु भएको थियो। दुई दिनको दशैं विदा नपाएपछि तनावमा रहेका प्रहरी जवान शर्माले त्यही कारण गोली हानेको हुन सक्ने अनुमान गरेपनि थप अनुसन्धान भइरहेको जनाएको छ। एउटै कोठामा बस्ने शर्मा भट्टका सहयोगीसमेत थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b