एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २३ असाेज। भ्रष्ट्राचार अभियाेगमा डेढ वर्ष जेल बसेका पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का बुधवार जेलमुक्त भएका छन्। जेल जानुअघि आफूमाथि अन्याय भएको पटक पटक दोहोर्‍याएका खड्काले रिहा भएपछि पनि त्यही दाेहाेर्याएका छन्। उनले सरकारी सम्पति दुरुपयोग गरेको र हिनामिना गरेको एउटा पनि प्रमाण नभएको बताए। बिनाकारण कारागारमा राखेर जनता र राजनीतिबाट टाढा राख्ने प्रयाश गरेको उनले आरोप लगाएका छन्। जेलबाट निस्केका खड्कालाई स्वागत गर्न उनका कार्यकर्ताहरुको ठूलो भिड लागेकाे थियो। उनकाे स्वागत गर्न मात्र दाङबाट २० वटा बसमा कांग्रेस कार्यकर्ताहरू काठमाडौ ओइरिएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस