विकास खतिवडा/ एचकेनेपाल डट कम –
लण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा कर्मचारी अभावका कारण काम ठप्प भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। दूतावासमा रिक्त अस्थायी कर्मचारीहरुको पदपुर्ति नहुंदा दैनिक प्रशासनिक काम समेत प्रभावित भएको बुझिएको छ। दूतावासमा फोन गर्दा फोन पनि नउठ्ने तथा कामका लागि जांदा समयमा नै काम गर्न नसकिने उनीहरुले गुनासो गरे।

करीब दुई महिनाअघि रिक्त मेड तथा फुटम्यान पदमा राजदूत डा. सुरेशचन्द्र चालिसे र उपप्रमुख तेजबहादुर क्षेत्रीको रस्साकस्सीले पूर्णता पाउन सकेको छैन । दुबैजना आ–आफ्ना मानिस घुसाउन लागिपरेको दूतावासका एकजना काउन्सिलरले नाम नबताउने सर्तमा जानकारी दिए। राजदूत चालिसेको सहायक कर्मचारीका रुपमा कार्यरत प्रिती गुरुङले पनि गतसातादेखि काम छोडेपछि दूतावासमा कर्मचारीको टड्कारो अभाव थियो। यद्यपि राजदूत चालिसेले आफू खुशी विज्ञापन नगरिकन नै केही समयअघि दूतावासमै काम गरेकी प्रतिक्षा गुरुङलाई पुनः ल्याएका छन्।

राजदूत चालिसे आफूले घरको काम गर्न ल्याएका दुईजना कार्मचारीहरु उर्मिला श्रेष्ठ र सन्तोष मरासैनीलाई रिक्त पदमा राख्न चाहन्छन् भने उपप्रमुख क्षेत्रीले साला नाता पर्ने सुरेन्द्र रायमाझीलाई राख्नुपर्नेमा जोड दिएको ति काउन्सिलरले बताए। उहांहरुको खिचातानीले योग्य र सक्षम मानिस आउन गाह्रो छ, उनले भने ‘आफ्नो मानिस भर्तिकेन्द्रको अखडा बनाउनुका सट्टा राम्रो र क्षमतावान मानिस आउनुपर्ने हाम्रो तर्क छ।’ यद्यपि, रिक्त पदहरुमा करीब २० जनाले फर्म बुझाएका छन्। बुझाईएका फर्महरुका बारेमा अगष्टको अन्तिम साता नै टुंगो लगाउनुपर्ने हो, ति कर्मचारीले भने, राजदूत चालिसे र उपप्रमुख क्षेत्रीको आपसी खिचातानीले अहिलेसम्म कुनै काम कार्वाही हुनसकेको छैन।

राजदूत चालीसेका विश्वासपात्र लेखा सहायक सुर्यबहादुर थापाले चांडै नै टुंगो लगाउने जानकारी दिएपनि अहिलेसम्म कुनै प्रकृया शुरु गरिएको छैन। दूतावासमा फोन उठाउने, सरसफाई गर्ने तथा पासपोर्ट शाखामा पनि कर्मचारी अभावको प्रत्यक्ष असर देखापरेको छ।

को हुन मरासैनी, श्रेष्ठ र रायमाझी ?
सन्तोष मरासैनीलाई राजदूत चालिसेले आफूसंगै बेलायत ल्याएका थिए । नाताले चालिसे र मरासैनी नजिक छैनन यद्यपि, राजनीतिक आर्शिबाद छ मरासैनीलाई उनी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका सुरक्षा अधिकृत महेन्द्र मरासैनीका आफ्नै भाई हुन्। कोइरालाका गार्ड महेन्द्रले भाईलाई दूतावासमा काम लगाउन आफ्नो पावर मात्र होइन धनराशी पनि खर्चिएको दूतावासका कर्मचारीहरु बताउंछन्। त्यस्तै उर्मिला पनि राजदूतकै निगाहामा आएकी हुन्। उनको परिवार राजदूत चालिसेकी धर्मपत्नि डा. मिलन अधिकारीको माइतीसंग धेरै नजिक छन्। सम्भवतः उर्मिलाका बाबुआमा डा. अधिकारीको माइतीमा बस्छन्, एक कर्मचारीले बताए।

सुरेन्द्र रायमाझी उपनियोग प्रमुख तेज बहादुर क्षेत्रीका राख्खै साला। आफू बेलायतमा रहेका बेला सालालाई जोहो गर्न पाए ससुरालीमा ठूलै मान मिल्ने सपनामा छन उनी । राजदूतलाई पनि उनले साला नियुक्ति गरीदिन दवाब दिइरहेको श्रोतले बतायो।

दूतावासमा भांडभैलो
नेपाली दूतावासको वास्तविकता सुन्दा धेरैलाई अचम्म लाग्छ। आर्थिक भागबण्डामा माथिल्ला कर्मचारीहरुको कुरा नमिलेको बुझिएको छ। राजदूत चालिसे र लेखा प्रमुखबीचको सम्बन्ध भने धेरै राम्रो छ तर उपनियोग प्रमुख लगायतका अन्य कर्मचारीसंग राजदूतको सम्बन्धमा चिसो पन छ। आखिर एउटै मिसनमा काम गर्ने कर्मचारीबीचमा मनमुटाव किन ? यो अझै रहस्यमय नै छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.