आचार्य प्रभा-
tep

दशै,
त्यो बेला लिङेपिङ
भएर मच्चिन्थ्यो
यथार्थमा,
अनि रोटेपिङ भएर
घुम्दथ्यो खुशीको भिंडमा
आज दशैं,
एकान्तको सम्झना भएर
मानसपटलमा चस्कि रहेछ
घरिघरि अनि……,
एकादेशको कथा बन्दै
झस्किरहेछ सम्झना बनी ।
हो…,
समयको अन्तरालसँगै
दशै अब केवल सपना
बनेको छ,
हर प्रवासीहरुको निम्ती
अनि ……….,
तीतो कल्पना बनेको छ
आफ्नो माटो छाड्नेहरुको निम्ति ।
बस्…,
कल्पना र सपनाको त्यान्द्रोले
फाटेको मन सिउँदै
आँखा वरिपरी जमराहरु
झुल्छन्,
छातीभरी रुग्ण सुस्केराहरु समेट्दै
कता कता सुन्यतामा
आफ्ना घर,आँगनका दृश्यहरु
झल्मलाउँछन् ।
उफ!!!!
परदेशी हुनुको नमज्जा
अनि महशुस हुन्छ
जब आफन्तजनको आशिषबाट
बहिष्कृत भईन्छ,
हो,साँच्चै…,
दशै यो बेला मनको अशान्त
हल्ला बनेर बिझाइे रहेछ
अनि,सत्य …,
दशै यो समय दिक्दारीको
रुखो मरुभूमिरुपी बालुवा बनेर
पाइेला पाइेलामा बिझाइे
रहेछ,
बिझाइे रहेछ ।

क्विन्स न्युयोर्क
रचना -१०/ ७/ २०१३

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस