रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया,प्रवासी भूमि कोरियामा आपत-बिपत परेका नेपालीहरुलाई सहयोग तथा नेपाली कला संस्कृतिको संरक्षण गर्न स्थापित फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली कमिटीले २०१३ अक्टोबर १३ तारिखका दिन दशैं कार्यक्रमको आयोजना गर्ने भएको छ।
धार्मिक तथा सांस्कृतिक दुवै पर्वको रुपमा रहेको नेपालीहरुको महान चाड दशैं एकता र समावेशिताको प्रतिक पनि हो। माता दुर्गालाई एक देवीका अनेक रुप भनेर स्वीकार गर्ने मान्यताले हामी नेपालीहरुलाई सयौं वर्षदेखि समावेशी बनाएको छ। नेपालमा टाढा रहेका परिवारका सदस्यहरु पनि घर फर्की सबै परिवारसंगै बसेर मान्यजनबाट आर्शिबाद, निधारमा रातो टिका,जमरा ग्रहण गर्ने नेपालीहरुको परम्परागत चलन छ। त्यस्तै प्रवासी भूमि दक्षिण कोरियामा कठिन काम गरेर नेपालको महान चाड दशैंको बेलामा घरपरिवारलाइ सम्झेर दुखित् महसुस गरिरहेका नेपाली साथीहरुको पीडा कम गराउन बिगत ४ बर्षदेखि फेन्थेक माइग्रेन्ट सेन्टर,नेपाली कमिटीले नेपाली परम्परागत तरिकाले दशैं कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यस बर्ष अक्टोबर १३ तारिख आइतबार हुने दशैं कार्यक्रममा मान्यजनबाट टिका ग्रहण,शुभकामना आदान-प्रदान ,मिठो नेपाली भोजन तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका कार्यक्रमहरु हुने संयोजक तथा नवगठित कमिटिका अध्यक्ष सुवर्ण चौंलागाईले बताए। अध्यक्ष चौंलागाईले फेन्थेक शहरमा भब्य रुपमा गर्न लागेको दशैं कार्यक्रममा उपस्थित भईदिनु कोरियाबासि नेपालीहरुमा अनुरोध गरेका छन्।
कार्यक्रमको बिस्तृत जानकारी:
मिति: आइतबार , १३ अक्टोबर २०१३
आयोजक: फेन्थेक माइग्रेन्ट सेन्टर,नेपाली कमिटी
कार्यक्रम स्थल:– फेन्थेक माइग्रेन्ट सेन्टर(फेन्थेक स्टेशन अगाडीबाट बाटो क्रस गरि ३०० मिटर भित्र उरी बैंक नजिकै )
सम्पर्क व्यक्तिहरु:
१. अध्यक्ष – सुबर्ण चौलागाईं ०१० २६०७ २८३५ ,
२.उपाध्यक्ष – बाबुराम पाठक ०१० ३९१७ १४८२
३.सचिब – लक्ष्मण तिमिल्सिना
४.सहसचिब – भक्त थापा
५ कोषाध्यक्ष – बिमल खड्का ०१० २४७७ ७०८७
६ .सदस्य – पदम सुब्बा
७. ” – बिजु बिक्रम थापा
८ . ” – नारायण पाठक ०१० ५८१० ६२२१
९. ” – नगेन्द्र पाण्डे
१० ” – पदम थापा
११ ” – बिनोद सुबेदी
१२ ” – इश्वर पौडेल
१३ ” -सर्दिप श्रेष्ठ
१४ ” – सिताराम श्रेष्ठ
१५ ” -रोशन राई
सल्लाहकार
यादब खनाल
मिन प्रकाश उप्रेती
सन्तोष श्रेष्ठ
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b