जर्मनीबाट आसीसीका अध्यक्ष र महासचिब को उम्मेदवारी घोषणा तर एनआरएनए जर्मनीको पंजीकृत सदस्यको सख्या ८० मात्र
केदार नेपाली / एचकेनेपाल डट कम-
जर्मनी एन आर एन ए को एउटा सस्थापक देश हो २००३ मा एन आर एन ए लन्डनमा स्थापना हुदा जर्मनीको राम्रो भूमिका रह्यो। जर्मनीले एन आर एन ए हाक्ने उम्मेद्वार देखि लिएर युरोप हाक्ने यरोप संयोजक सम्म उत्पादन गर्यो। सस्था लाई आवस्यक सल्लाह सुझाब को लागि सल्लाहकार सम्म जर्मनीले पायो। यति ठुलो महत्व राख्ने देशको एन आर एन ए जर्मनीको १० वर्षमा कहिले र कती पटक अधिवेसन हुन्छ त ?। भन्ने बिषयमा मेरो ठुलो जिज्ञासा थियो म पत्रकार भएको नाताले एन आर एन ए जर्मनीको अधिवेसनमा भाग लिन धेरै इच्छा थियो। मेरो सोचाईमा किन यस्तो सजिलो र एन आर एन प्रति जर्मनीमा रहने नेपाली समुदायकहरुको सकारात्कम भूमिका को बारेमा जान्ने धेरै पटक जमर्को गरे। समयले साथ दिएको थिएन तर यस पटक जर्मनी आउने शौभाग्य मिलेकोले नजिकै बाट बुझ्ने मौका पाए।
गत ७ सेप्टेम्बर २०१३ एन आर एन ए जर्मनीको ०१३-०१५ लागि राष्ट्रिय अधिवेसन सकिएको छ। यो अधिवेसन फ्रान्क फोर्टमा भएकोले म पनि उक्त कार्यक्रममा सरिक हुने मौका पाए। नेपाली समुदायहरुको राम्रो उपस्थिति थियो।अधिवेसन हालको गेट मै एक टेबुल रखिएको थियो जहा ३ जना बिद्यार्थी भाई बसेर एन आर एन ए जर्मनी फारम बिक्रि गर्दै थिए। मैले काउन्टरमा बसेका भाईलाई सोधे एक फारमको मूल्य कति भनेर, काउन्टर को भाईले मलाई जवाफ दिए। दाई १० € मात्र हो परिचय पत्रको साथ। मैले एन आर एन ए जर्मनीको साधारण सदस्यताको फारम भरे साथमा परिचय पत्र पनि पाए। त्येस दिन अधिवेसन मात्र थिएन एन आर एन ए जर्मनी ०१३-०१५ कार्यकाल लागि नया नेतृत्व चयन हुने वाला पनि थियो। तत्कालिन एन आर एन एजर्मनीका अध्यक्ष पुष्प थापाले थर्काउदै भाषण गरे र आफ्नो कार्यकालमा गरेका काम को विवरण सुनाए। सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्दै खाता लगाई दिए। अन्त्यमा युरोप संयोजकको दिर्देशनले आफ्नो कार्यसमिती र कार्यसमितिले गठन गरेको निर्वाचन आयोगलाई समेत बिघटन गरे। राम थापा ज्युको संयोजकत्व एउटा नया कमिटि गठन गरि छाडे। यसै कमिटिले आगामी नेतृत्वको चयन गर्ने स्पस्ट बुझियो।
मान्छे को सोच र चिन्ता अर्कै थियो हलमा पहिला धेरै मानिसहरु देखिन्थे पछि बिस्तारै हराउदै गए। हल बिस्तारै खाली हुदै गयो। हलमा कुर्सी मात्र देखिन्थिए। मलाई यस बिषयमा धेरै चासो लाग्यो यहाँ हल किन खाली भयो। अनि म पनि हल बाट बाहिर निस्किए । बाहिर त नया नेतृत्व कसलाई सुम्पिने भन्ने बिषय सरसल्लाह मिलाउदै रहिछन भन्ने कुरा मैले एउटा दाई बाट सुने। यो जिम्मा राम दाई दिल दाई र कुमार पन्त ज्यु सुम्पिएको रहिछ। मैले थाहा थियो उहा हरुले पक्का पनि राम्रो र योग्य मान्छे नै छान्नु होला भन्ने विस्वास सबैले गरेको थिए होला।
पदाधिकारी हरुको नामावाली लिएर एन आर एन ए जर्मनीका आसीसी सदस्य सन्तोष भट्टराई हलमा आई पुगे। तुरुन्तै हल भरियो। सबैमा कौतहल थियो। तेसैले सबैले राम्रो र शान्त संग सुन्न थाले कान खोलेर मेरो नाम परेको छकि छैन भनेर। सबभन्दा पहिले एन आर एन ए जर्मनीको लागि ०१३-०१५ प्रमुख संरक्षक को नाम निबर्तावन अध्यक्ष पुष्प थापा को नाम आयो कुनै बिरोध आएन।सन्तोष भट्टराईले नाम भन्दै जादा अध्यक्षको नाम बोलाउदा एक जना मित्रले भने म मान्दिन यो प्रेसिडेन्टलाई के भनेका थिए। दिल गुरुङले भने उसलाई बिषेस संरक्षक दिउन त! भने पछि उनि शान्त संग चुप लागे। मैले बुझ्न खोजे उनि के हुन् त। मैले थाहा पाए उनि पनि एन आर एन ए जर्मनीको अध्यक्षको लागी उम्मेदवार रहेछन। उनको चित्त बुझाउनको लागि संरक्षकमा “बि” थपेको रहिछ। त्यस्तै भन्दै जादा बाहिर बाट लिएको नाम भन्दा अलि कम परेछन। सन्तोष भट्टराई ज्युले बोलाउदै थिए पदाधिकारीहरुको नाम उनलाई धेरै मानिसले घेरेका थिए। सबैले आ आफ्ना नाम एन आर एन ए जर्मनी को नया कार्यसमितिमा सुरक्षित बनाए। कुनै त उधारो यानी अनुपस्थितिले पनि पद पाए भने कुनै श्रीमान र श्रीमती दुबैलाई पद पुग्यो। एकजना मित्रलाई आफ्नो पदको चित्त बुझेको थिएन उनले भने म यो निर्णयलाई मान्दिन के भनेका थिए। फेरी युरोप संयोजकले उनलाई यस नया कार्यसमितिको प्रबक्ता चुनिदिए। तपाई यस कर्यसमतिको प्रबक्ता हुनु भयो भने पछि उनि पनि चुप भए। जसलाई जे दिए र बनाई दिए पनि हुने थियो। बिधि र बिधानको कुरै थिएन। कुन पंजीकृत सदस्य थियो कुन थिएन थाहै भएन। कसको योग्यता र मापदण्ड पुग्छ कसको पुग्दैन थाहै भएन। कहिले एन आर एन को नाम सम्म नसुनेकाहरुले पनि नेतृत्वको पद पाएर हर्षमा गद गद थिए। मैले त बुझ्नै सकिन। जसको लाठी उसीको भैसी भने जस्तै थियो। बिधान र नियम कानुनका कुरा गर्ने हरु पाखा लागे। एक जना मित्र कराउदै थिए। मैले यो निर्णय मान्दैन भन्दै थिए। मलाई आसीसी सदस्य चाहिन्छ। नत्र चुनाब गराउनु पर्छ तर उनकुराको सुनवाई नै भएन। अर्को एउटा साथीलाई संरक्षक बनाईएको रहेछ। उनले सिधै ईन्कार गरे। प्रत्येक्ष मेरो अगाडी पशुपतिको प्रशाद बाढे जस्तै एन आर एन ए जर्मनीको पद बाढीयो। कार्यसमितीको साथमा पहिलो बैठक बिना संरक्षक र प्रबक्ता चुनियो। राम्रो शान्त संग एन आर एन ए जर्मनीको नया कार्यसमितिको सहमति भयो। यो सहमती गराउने सहज कर्तालाई मैले पनि मन मनै बाट धन्यबाद दिए। त्यो एन आर एन ए जर्मनीको अधिवेसन पशुपतिको मेला जस्तै धेरै रमाइलो र रोचक पनि थियो। यहाँ को माहोल हेर्दा मलाई धेरै रमाइलो लाग्यो यस मेलामा मैले तस्बिर हरु र भिडियो पनि खिच्न भ्याए। मैले खिचेका तस्बिर र भिडियो सबै म संग सुरक्षित राखेकोछु। कुनै दिन मैले यस रमाइलो मेला लाई मेरा आदरणीय पाठकहरुको इच्छा पक्का पुरा गर्ने बाचा गर्दछु।
एक जना साथीले खुशुक्क चिमटेर भने हेर्नुस दिल दाईको बर्लिन सहरबाट एकजना पनि यो कार्यसमितीमा परेन। मलाई अचम्मै लाग्यो। कसैको श्री मान श्री मती दुबैलाई पद दिएर आफ्ना मान्छे यो कार्य समितिमा भित्राए। एकै ठाउ बाट दुइ दुइ जना वल्लो पाल्लो घरको मानिसलाई उपाध्यक्ष बनाए। के हो यो चत्रिकला हेर्नुस न मलाई उनले भने। उनि फेरी मेरो कानमा भने कुनै जर्मन स्टेट बाट एक जना पनि छैन यो कार्यसमितिमा। राम दाईको स्टेट बाट १७ जना सम्म पनि यो कार्यसमितिमा राख्न सखे। हामी बर्लिन बासी नेपाली समुदायहरुलाई च्यतै बिर्सिए। देशको महत्व पूर्ण ठाउलाई भुल्ने सहज कर्ता तेसमा पनि आफै बसेको ठाऊलाई बिर्सने दिल दाई धन्य हो।
कार्यसमिति बन्यो धेरै राम्रो कुरा हो। मलाई त कहिँ भन्नु छैन यो कार्यसमितीको बारेमा। तर म युरोपका धेरै देशहरुमा अधिवेसनको समयमा टुप्लुक पुग्ने गर्छु। मैले देखेको र एन आर एन ए को बिधान बमोजिम यो कार्यसमिती पुरै गलग मलाई लग्यो किन कि म एउटा पत्रकारको नाताले भन्दा पनि र म पनि एन आर एन ए मा आबद्ध व्यक्ति हु नि!!! मैले बुझेको भन्दा अलि फरक यहाँ एन आर एन ए जर्मनीको कार्यसमिती र यसको गठन प्रक्रिया हुदोरहिछ।
मेरो छेउमा बसेका एक जना मित्रले मलाई उनको रिसको झोकमा यी कुराहरु बताए। म सुनी राखे।
कसरी सहमती हुन्छ जब उम्मेदवारको नै सहमती भएको छैन?
कसरी सहमती हुन्छ जब तोकिएको समयमा उम्मेदवारी न दिएको ब्यक्ती कसरी पद मा चयन हुन् सक्छ?
बिधि र बिधानका कुरा गर्ने हरुले खै त एन आए एन ए को बिधानमा ४ जना उपाध्यक्षहरु, २ जना महासचिबहरु, २ जना कोषाधक्षहरु ४ जना सचिब सहित ३९ जनाको कार्यसमिती बनाउन मिल्ने हो र? यो एन आर एन ए को बिधानको कुन धारा कुन उप धारा मा लेखेकोछ?।
कसरी कार्यसमितीको साथमा पहिलो बैठक बिना संरक्षक र प्रबक्ता चुनियो?
भेलामा के उपस्थितिनै नभएका मानिसलाई पदमा चयन गराउन मिल्छ त?
एन आर एन ए जर्मनीको पंजीकृत सदस्यता नलिएको मान्छेलाई पद मा बस्न पाइन्छ त ? के यो सस्थामा कुनै मापदण्ड नै हुदैन त ?
निर्वाचन आयोगले प्रकासित गरेको अचारसंहिता अनुसार के काम भयो त?। नेपालको पन्चायत कालमा संबिधान भन्दा माथि राजा भए जस्तै यहा पनि सहज कर्ता को तेही हो त भूमिका ? भने किन चाहियो बिधि बिधान च्यातेर फ्याकिदिउ!!
के एन आर एन ए जर्मनी गुण्डा गुर्दी र बल कै आधार मा चल्ने हो। भने के कसरी यो सबैको साझा सस्था हो त ?
अध्यक्षमा उन्म्मेद्वारी दिएको व्यक्तिलाई कसरी आ सी सी सदस्य बनाउन मिल्छ त ?
आसीसीको उम्मेदवारलाई कसरी उपाध्यक्ष बनाउन मिल्छ?
के यो नेपाल सरकारको जम्बो मन्त्रि मण्डल हो र सबैलाई मन्त्रि बनाउ नै पर्ने?
केन्द्रले कसरी मान्यता दिने रहिछ। हामीले हेर्छौ नि चुनैतीका साथ उनको भनाई थियो। तर जिबा लामिछाने को अध्यक्षताले यसलाई मान्यता दिई सकेको छ। तर पनि यो एउटा छलफलको बिषय हुन् सक्छ पक्का पनि।
यसरी यहाँ जर्मनीमा एन आर एन हरुले एन आर एन ए को कार्यसमितीको सहमती गर्दा मैले मेरो देश नेपालको याद आयो किन कि बिगत ८-८ बर्ष देखि नेपाली राजनीतिक पार्टीका नेताहरुको बिचमा सहमती हुने सकेको छैन। कि हुन् सकेन भन्ने बारेमा मैले धेरै सोचे र मेरो निर्णय यस्तो निक्लियो। राम दाई, दिल दाई र कुमार जी सित नेपालका नेताहरुले सिक्नु पर्ने रहिछ । तपाइहरु पनि आफ्नो मात्री भुमि प्रति अलि चिन्तित भएर नेता लाई पाठ सिकाउनु पर्दछ यसरी मात्र नेपालमा सहमतीको आधारमा निकास निक्लिन सक्छ। देशले शान्ति र सुब्यबस्था कायम हुन सक्छ।
मेरो सोचाई भनेकै एन आर एन ए जर्मनीको कति सदस्यता छन भने बिषय थियो। त्येसैले म यस बिषयमा जान्न धेरै इच्छुक थिए। मैले एन आर एन ए जर्मनी को फारम किन्दा र मेरो एन आर एन ए जर्मनीको परिचय पत्र बनाउदा राम्रो संग मित्रता भएको थियो एन आर एन ए जर्मनी को सदयता फारम बेच्ने भाईहरु सित। मैले फेरी सोधे भाईलाई एन आर एन ए जर्मनीको कति छन त पंजीकृत सदस्यहरु। भाईले मलिन अनुहारमा मलाई हेरेर भने दाई यस बिषयमा मलाई थाहानै छैन।कृपया बिनोद सुबेदी दाई सित सोध्नुस । उनले मलाई बिनोद सुबेदीलाई देखाई दिए।
बिनोद जी नमस्ते। एन आर एन ए जर्मनीको पंजीकृत सदस्य सख्या कति छ?.बिनोद जी ले आफ्नो हातमा भएको एन आर एन ए जर्मनीको फारमको पोको देखाउदै भने जति छन् यत्ति मात्र हुन। मैले सोधे अरु छैन? उन ले मलाई जवाफ दिए। एन आर एन ए जर्मनीले गठन गरेको निर्वाचन आयुक्त म हु। यस सम्बन्धि सबै कुरा मलाई थाहा हुन्छ। म संग जे जति छन् यत्ति हो फारम। उनले नाम हेर्दै गिन्ती गर्न लागे। गन्दै जादा जम्मा ८० फारम सख्या भयो। उनले यहाँ उपस्थित सबैको फारम यति मात्र हो भने मलाई । तर हलमा उपस्थिति भएको सबैले हस्ताक्षेर गरेको नामावलीमा मिलाउदा तिन जनाले एन आर एन ए जर्मनीको पंजीकृत सदस्यता नलिएको देखियो। वर्लिन नेपाली दुताबासबाट पाल्नु भएको महामहिम राजदुत——-१ एन आर एन ए का संरक्षक राम प्रताप थापा —–१ एन आर एन ए का सल्लाहकार दिल बहादुर गुरुङ ——-१ अब मलाई धेरै सजिलो भयो कि आजको उपस्थिति कति थियो यी तिन जना समेत जम्मा ८३ जनाको उपस्थितिमा ३९ जना जम्बो कार्यसमिती कसरी बिरोध हुनु यो धेरै राम्रो कुरा हो सबैलाई पद पुगेको रहिछ। नवगठित एन आर एन ए जर्मनीको जम्बो कार्य समितिका सबै पदाधिकारीहरुलाई बदाई दिदै पूर्ण कार्यकालको हार्दिक मंगलमय शुभकामना!!!!!
मेरो प्रश्नको उत्तर बिनोद सुबेदी जी बाट पनि नपाएकोले मेरो नजर निवर्तवान अध्यक्ष पुष्प थापामा पर्यो।मैले सोधे पुष्प जी एन आर एन जर्मनीको कति छन पंजीकृत सदस्य सख्या ?. वहाले मलाई हास्दै जवाफ दिनु भयो अहिले ठ्याकै यति भनेर भन्न सकिदैन। तर हामीले गत पाचौ विश्व सम्मेलनमा एन आर एन ए जर्मनीको धेरै राम्रो प्रतिनिधित्व भएको थियो। तर मलाई उनले पनि सहि जबाफ दिएनन।मलाई यो कुराको चित्त बिझेन किन कि मेरो जान्ने इच्छा अझै पुरा भएन किन कि मैले सहि उत्तर पाउन सकिन। कति छ त एन आर एन ए जर्मनीको पंजीकृत सदस्यता सख्या?
मैले फेरी जान्ने जमर्को गरे वर्तमान अध्यक्ष तथा निर्वातावन महासचिब हरेन्द्र वनेम सित यहि प्रश्न राखे। उनको जवाफ आयो बिगतका वर्षमा एन आर एन ए जर्मनीको पंजीकृत सदस्यता सख्या जम्मा कार्यसमितीका पदाधिकारीहरु मात्र थिए। तर अहिले राम्रो कामको सुरुवात भएको छ।अब हामीले धेरै सदस्यता बनाउनु पर्दछ भनेर आशा मात्र मसित बाढे ।
अध्यक्ष वनेम पुर्व महासचिव भएको नाताले उनले मलाई स्पस्ट पारे निवर्तवान कार्यसमितीको पहिलो बैठकमा नै कार्य दल (टाक्स फोर्स ) को जिम्मेवारी बाढ फाड भएको थियो। तत्कालिन उपाध्यक्षहरुलाई यो जिम्मा सुम्पिएको थियो। तर राजनीतिक भाग भण्डा,जातीयताको कारण र पद लिएर निष्क्रिय भएकोले, आफ्नो पदको जिम्मेवारी राम्रो संग बहन गरेनन। पार्टीलाई सहयोग गरेको , पार्टी तर्फबाट समानुपातिकमा परेको जस्तो कार्य भयो । त्येसैले सदस्यताको टाक्स फोर्सले काम गर्न सकेन। तर यस पाली हामीले धेरै राम्रो संग कार्यदल गठन गरेर कार्यनयन गर्दछौ उन को भनाई थियो।
६ सेप्टेम्बरको बेलुका एन आर एन ए जर्मनीको सहमतिको लागि उम्मेदवार र सहज कर्ताको बिच ठुलो कोशिस भएको थियो। हामी अप्रत्येक्ष रुपमा त्येस सहमती स्थानमा पुगेका थियौ। धेरैको सख्यामा सबै राजनैतिक पार्टीका समर्थकहरु जर्मनी बासी नेपालीहरु र आफ्नो गुटलाई मनबल पुराउन बेल्जियम देखि पी जी शेर्पा को पनि उपस्थिति रहेको थियो। तेस्तै फ्रान्स, होलाण्ड र स्विजलाण्ड बाट समेत आएका नेपालीहरु सहमती स्थानको गल्लि मा देखिन्थिए।
एक जना अध्यक्षको लागि ५ जना उम्मेदवारहरु निर्वाचनको मैदानमा थिए भने, एक जना आसीसी को लागि ४ जना थिए। अरु बाकी सबै पदहरुमा पनि ४,५ जनाका दरले उम्मेदवारी थियो। यो देखेर हामीलाई धेरै आशार्च्य चकित लग्यो कसरी यो सहमति होला भनेर। मैले एक जना अध्यक्षका उम्मेदवारलाई सोधे तपाई एन आर एन ए जर्मनीको अध्यक्षको उम्मेदवार हुनुहुन्छ। तपाई का कति कतिपंजीकृत सदस्यहरु छन? उनको सजिलो उत्तर थियो हाम्रो पार्टीले ६०० सदस्यता बनेको छ। ति सबै मेरा भोटहरु हुन् मैले पक्का जित्छु सहमती गर्नु कुनै अर्थ छैन। मैले सोधे उनलाई तपाईको सदस्यता का फारम कहाँ छन त? उनले उन गाडी भित्र राखेको देखाए . सबै फाइलमा बन्द राखिएको थियो। मलाई विश्वास लाग्यो। त्येस्तै अरु तिन जना उम्मेदवार हरुलाई मैले यहि प्रश्न सोधे तर सबैको उत्तर एउटै थियो।एक जना अध्यक्षका उम्मेदवार अनुपस्थित थिए। उनि सित मैले टेलीफोनमा कुरा गरेको थिए। मलाई उनको जवाफ दियो ६५० सदस्यताको। उनले मलाई भनेका थिए जित मेरै हो म यस पालीको अध्यक्ष पक्का हो। म सहमतीमा जादैन। चुनाबै हुनु पर्छ।
मलाई कुन अध्यक्ष हुने भन्दा पनि महत्वपूर्ण बिषय थियो एन आर एन ए जर्मनीको कति जना पंजीकृत सदस्य सख्या छ त ?
माथिको एन आर एन ए जर्मनीका अध्यक्षको उम्मेदवारहरुको आधारमा भन्ने हो भने एन आर एन ए जर्मनीको पंजीकृत सदस्यता सख्या करिव ३,०००को हाराहारीमा हुनु पर्ने हो। तर किन उम्मेदवारहरुले आफु संग भएको फारम बुझाएन। यसको मतलब आफु भए मात्र सदस्यताको फारम बुझाउने नत्र नबुझाउने हो त?. यसरी सस्थाको के अबस्था हुन सक्छ?। के एन आर एन ए मा शिर्ष नेताले सदस्यता नै नभई पद मा आसन गर्ने मिल्छ?। यो कसले छानबिन गर्ने कसले सोध्ने कुन हो यसको जिम्मेवारी व्यक्ति त? यी धेरै प्रश्नहरु मेरो दिमाग मा खेले । तर उत्तर पाइन।
म जर्मनीमा नै नबस्ने व्यक्तिलाई पनि एन आर एन ए जर्मनीको पंजीकृत सदस्य बनाईयो र परिचय पत्र दिईयो। मैले देख्दै थिए। हिजो म सित ६०० जना पंजीकृत सदस्यताको गफ दिने उम्मेदवार त अधिवेसनको हल भित्रै पस्नै नदिए पछि पंजीकृत सदस्य भर्ने लाईनमा मैले देखे। म त चकित नै परे यस्तो हुदो रहिछन एन आर एन ए जर्मनीको उम्मेदवार तब सजिलै सित् सहमती हुदो रहिछ।
एन आर एन ए को अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी महाअधिवेसनमा प्रतिनिधिको रुपमा भाग लिन के कस्तो प्राबधान छ। मैले यस बिषय बेल्जियमका पुर्व अध्यक्ष र वर्तवान आसीसी सदस्य पीजी शेर्पालाई शोधेको थिए।उनले मलाई जवाफ दिएका थिए। यस्तो १०:१ यानी १० जना पंजीकृत सदस्यहरु बराबर एक जना एन आर एन ए को अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी महाअधिवेसनमा प्रतिनिधि हुन सक्छ अर्थात एक देश बाट अधिकतम १०० प्रतिनिधिहरुले भाग लिन पाउने प्राबधान छ। के सदस्यता को नाम र फारम नभई प्रतिनिधि मात्र पठाउन पाईन्छ?। उनको उत्तर थियो यसरि हुदैन नियम बिधि बिधान बमोजिम यो पुरा गलत कुरा हो। पंजीकृत सस्यताको फारम केन्द्र ले चाहेको बखत मा एन सी सीले पंजीकृत सदस्यताको फारम र नामावली पेस गर्नु सक्नु पर्दछ। पंजीकृत सदस्यता को आधारमा आसीसी सदस्य निरधारण हुने भएकोले पंजीकृत सदस्यता नै मुख्य अधार हो।
म अन्तिम निचोडमा यसरी पुगे एन आर एन ए को सस्थापक राष्ट्र जर्मनीमा अहिले सम्म पंजीकृत सदस्यताको सख्या जम्मा ८० मात्रै भएको सदस्यता फारमले देखाउछ। १० बर्षको एन आर एन ए को ईतिहासमा संसारमा छारिएर रहेका गैर आवासिय नेपालीहरु यो सस्थामा कति आबद्ध छन भन्ने सबै देशमा स्पस्ट अभिलेख छ। तर सस्थापक राष्ट्र जर्मनीमा अहिले सम्म कुनै अभिलेख नभएकोले सुन्दा हामीलाई विश्वास नलाग्ला यस विश्वास लागि बर्तावन अध्यक्षले पुरै पंजीकृत सदस्यता फारम नै केन्द्रिय सचिवालयमा सबैको आगाडी खोलिदिएर बताए भने मात्र भने बुझ्नलाई सजिलो होला। समयलाई पर्खिदै जाऊ के हुन्छ?। पंजीकृत सदस्यताको आधारमा एन आर एन ए को अन्तर्राष्ट्रिय समन्वय परिषदको काठमान्डू हुने अगामी छैटौ महाअधिवेसनमा प्रतिनिधिको रुपमा भाग लिन एन आर एन ए जर्मनी बाट केवल ८ जना प्रतिनिधिहरुले मात्र भाग लिन पाउने छन। तर जर्मनीबाट एन आर एन ए आसीसीको अध्यक्ष —–१ र एक जना महासचिब—–१ दुइ जनाले आ-आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छन। यी दुवै जना उम्मेदवारहरुको सफलताको कामना गर्दै आज लाई बिदा लिन चाहन्छु। धन्यवाद
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b