एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ असोज। त्रिमूर्ति निकेतनले शनिवार राजधानीको कोटेश्वरमा बीके पाल्पालीलाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरेको छ। tep ताम्रपत्रसहित यो पुरस्कारको राशि पच्चीस हजार रूपियाँ रहेको छ। त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले औपचारिक समारोहमा उपस्थित हुन नसकेका पाल्पालीलाई डेरामा नै पुरस्कार प्रदान गरिएको जनाएका छन्। नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरी, त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई र कोषाध्यक्ष उषा शेरचनले पाल्पालीलाई सो पुरस्कार प्रदान गरे। ३८ बर्षीय पाल्पालीका कविता, उपन्यास, दर्शन, जीवनी गरेर नौ वटा कृति प्रकाशित छन्। उनले दुई दशकसम्म पत्रकारिता पनि गरेका थिए। दुबै मिर्गौलाले क्रमशः काम गर्न छाडेकाले पाल्पाली अहिले बोल्न नसक्ने अवस्थामा छन्। हाल उनी मधुमेह र उच्च रक्तचापको समस्याबाट पनि पीडित छन्। पाल्पालीको उपचार नेपालमा सम्भव नभएपछि चाँडै मुलुक बाहिर लान चिकित्सकले सुझाव दिएका छन्। पाल्पालीकी पत्नी साहित्यकार रेणुका भट्टराईले आर्थिक अभावका कारण उनलाई तत्काल बाहिर लान नसकेको बताएकी छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस