सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
गायक राजेशपायल राईको १७ औँ एल्बम् ‘दर्शन नमस्ते–२’ सार्वजनिक गरिएको छ। अभिनेता राजेश हमालले गायक राजेशको एल्बम् बिमोचन गरेका हुन्। राजधानीको एभरेष्ट होटलमा गरिएको बिमोचन समारोहमा कलाकार, संगीतकार, गीतकार र पत्रकारको बाक्लो उपस्थिति थियो।

उनले नयाँ एल्बम्मा रहेका केही गीत गाएर सुनाएका थिए। कार्यक्रममा ‘छैन तिमीबाहेक’ गीतको म्युजिक भिडियो पनि देखाइएको थियो। भिडियोमा मोडल हेमा श्रेष्ठसँग गायक राजेश आफै फिचर भएका छन्। निर्देशन चाहिँ मिलन चाम्सको रहेको छ। एल्बममा ‘दर्शन नमस्ते सुपरहिट’, ‘देउता भाकी’, ‘असतोमा सत् गमय’ लगायत एघार वटा गीत समेटिएका छन्। गीत राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरश भट्टराई, भुपेन्द्र खड्का, कुमार विवाहित, पदम किरातीले लेखेका छन् भने महेश खड्का, कल्याण सिँह, सुरेश अधिकारी, वसन्त सापकोटा, राई नविन, शन्तोष राज र विनोद खम्बूको रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.