एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ असोज। एएफसी यु १९ च्याम्पियनशिप फुटबल छनोटको आइतवार भएको खेलमा नेपाल भारतसंग पराजित भएको छ। कतारको दोहास्थित अल अरबी स्टेडियममा सम्पन्न खेलमा भारतले नेपालविरूद्ध ८७ औं मिनेटमा गोल गरेका थिए। यसअघि, उद्घाटन खेलमा पनि नेपाल तुर्कमेनिस्तानसंग २-१ ले पराजित भएको थियो। दुई खेल खेल्न बाँकी रहेपनि नेपालकाे फाइनल यात्रा लगभग समाप्त भएकाे छ। एएफसी छनोटको समूह ए मा नेपाल र तुर्कमेनिस्तानसँगै कतार, उज्वेकिस्तान र भारत छन्। बिजेता टोलीले सन् २०१४ मा म्यानमार आयोजना हुने एएफसी च्याम्पियनशिपमा उपाधिका लागि अरू समूहका विजेताहरूसंग प्रतिस्पर्धा गर्ने छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b