बुधबल गुरुङ / एचकेनेपाल डट कम –
दोहा–कतार, २ नोभेम्बर। तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको “नेपाली सांगितिक मेला २०१३” अन्तरगत एकल गायन तथा एकल नृत्य प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न गरेको छ।
टफ फर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको अन्तिम छनौट चरणबाट एकल नृत्य तर्फ नजमा मियॉ (भोटिङ नं. १), सरस्वती गुरुङ्ग ( भोटिङ नं. २), किरण लामा (भोटीङ्ग नं. ३), रिना शेर्पा (भोटीङ्ग नं. ४), बब्ले विष्ट(भोटीङ्ग नं. ५), दिपक मगर (भोटीङ्ग नं. ६) ग्राण्ड फिनालेका लागि छनौट भएका छन् । त्यसै गरी एकल गायन तर्फ राज खालिङ्ग (भोटीङ्ग नं. १), शिव नारायण चौधरी (भोटीङ्ग नं. २), दिवस याख्खा (भोटीङ्ग नं. ३), बीरेन्द्र श्रेष्ठ (भोटीङ्ग नं. ४), कृष्ण शिवा (भोटीङ्ग नं. ५), राम कुमार राई (भोटीङ्ग नं. ६), नवराज पाख्रिन (भोटीङ्ग नं. ७) पनि ग्राण्ड फिनालेका लागि छनौट भएका छन् । डिसेम्बर २७ शुक्रबारका दिन हुने ग्राण्ड फिनालेका दर्शकहरुले आफुलाई मन परेको प्रस्तुतीहरुलाई सोही नम्बरमा ठिक मार्क लगाई भोटीङ्ग गर्न सक्ने आयोजकले बताएका छन्।
आयोजकका अनुसार डिसेम्बर २७ शुक्रबारका दिन सम्पन्न हुने ग्राण्ड फिनालेमा ५० प्रतिशत भोटीङ्ग र ५० प्रतिशत निर्णायकहरुको प्राप्त अंकको आधारमा एकल गायनबाट “गैरआवासिय नेपाली तारा २०१३”, एकल नृत्यबाट “गैर आवासिय नेपाली नृत्य तारा २०१३”, लोक दोहोरी प्रतियोगिताबाट “उत्कृष्ट लोक दोहोरी समूह २०१३” र युगल तथा सामूहिक नृत्यबाट “उत्कृष्ट युगल तथा नृत्य समूह २०१३” को घोषणा गरिनेछ। अक्टोबर १५ तारिख मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अधाको पहिलो दिनबाट शुरु भएको छनौट कार्यक्रमहरु मध्ये लोक दोहोरी प्रतियोगिताको अन्तिम छनौट कार्यक्रम अक्टुबर २५ तारिखका दिन सम्पन्न गरि सकिएको छ । साथै युगल तथा सामूहिक नृत्य प्रतियोगिताको छनौट कार्यक्रम नोभेम्बर १५ मा ब्रुस्ली रेष्टुरेण्टको सभाहलमा हुने पनि आयोजकले जनाएको छ। कार्यक्रमको एकल गायन तर्फका निर्णायकहरुमा दिनेश लिम्बु र सन्तोष गुरुङ तथा एकल नृत्य तर्फका भविन तामाङ र प्रविण राई हुनुहुन्थ्यो भने, पर्यवेक्षकहरुमा राजेशदर्शन अर्यालको संयोजकत्वमा क्रान्ति सिंह र मोहम्मद अजिन अली हुनुहुन्थ्यो। कार्यक्रम तमू सांस्कृतिक परिवार कतारका सचिव हितमान घलेले संचालन गर्नुभएको थियो। बुधबल गुरुङ / दोहा, कतार
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b