विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक)अमेरिकामा देखेर मात्र खुसि व्यक्त गरेको हैन, न त काठमाडौँबाट पश्चिम धनगडी या पूर्व काकरभिट्टा जाने ६ पांग्रे मालबाहक गाडी नै अमेरिका पुगेको देखेर नै प्रशंसा गरेका हुन्। यो त अमेरिका र क्यानाडामा चल्ने नेपालीले संचालन गरेको १८ पांग्रे बिशाल भीमकाय माल बाहक गाडीको कुरा हो।
हालै न्युयोर्क संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आइपुगेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालको प्रचार प्रसार गर्दै हिडेको ट्रक (मालबाहक गाडी )देखेपछि खुशी ब्यक्त गरेका छन्। क्यानडामा बस्दै आएका नरबहादुर टण्डनले बिगत केहि समयदेखि नेपालको प्रचार प्रसार गर्दै बनाएको ट्रक (मालबाहक गाडी)शनिबार न्युयोर्कमा अवलोकन गर्दै रेग्मीले टण्डनले गरेको कार्यप्रति खुशी ब्यक्त गरेका हुन्। न्युयोर्कमा नेपालको झण्डा र नेपाली पहिचान खुलाउने तस्विरहरु र नेपालको बारेमा लेखिएका शब्दहरु सहितको ठुलो ट्रक देखेपछि रेग्मीले खुशी हुंदै हेरि रहेका थिए।
मालबाहक गाडीका धनी तथा चालक टण्डनले सरकार प्रमुख आउने थाहा पाएकोले टोरण्टोबाट न्युयोर्कमा ट्रक ल्याएका थिए। अध्यक्ष रेग्मीलाई भेटेर आफूले देशको प्रचारका लागि गरेको काम देखाएपछि मालबाहक गाडीका(ट्रक)धनी टण्डनले पनि खुशी ब्यक्त गरेका थिए। टण्डनले भने “मैले गरेको देश हितको प्रयास सरकार प्रमुखले अवलोकन गर्नु मेरो लागि खुशीको कुरा हो” । बिगत दुई बर्षदेखि ट्रक ब्यवसायमा लागेका टण्डनले सबैले आफूले सक्ने क्षेत्रबाट देश प्रेमको भाव देखाएमा देशको बिकास हुन सक्दछ भन्ने सोंचका साथ आफ्नो ट्रकलाई नेपालको पर्यटन प्रचार प्रसारमा प्रयोग गरेको बताउछन्।
कार्यक्रममा टण्डनले आफूले नेपालको हितमा गर्न खोजेका कामहरुलाई समेटेर परराष्ट्र सचिव अर्जुनबहादुर थापालाई एक ज्ञापन पत्र समेत बुझाएका थिए। यसै बिच नेपालको बारेमा प्रचार प्रसार गर्दै हिडेको (ट्रक)मालबाहक गाडीको अभियानलाई संचार सहयोगीको रुपमा ह्वाईट हिमाल टेलिभिजनले सहयोग गर्ने भएको छ। टेलिभिजनका अनुसार बिदेशमा बसेर पनि नेपालको प्रचार प्रसार गर्नु सरहानीय कार्य भएकोले टेलिभिजनले संचार सहयोग गरेको जनाइएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b