Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सुरू भयो एसएलसी परीक्षा: दुई छात्रा परीक्षा हलमै सुत्केरी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ चैत्र । विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा मंगलवारदेखि सुरू भएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक १७४८ वटा परीक्षा केन्द्रबाट पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थीले परीक्षा दिदैछन्।

परीक्षाको पहिलो दिन मंगलवार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजीको परीक्षा दिँदैछन्।

चैत्र ७ देखि सुरू हुने परीक्षा चैत्र १६ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षामा चिट चोर्ने र चोर्न सघाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसैबीच, परीक्षा दिन गएका दुई छात्रा परीक्षार्थी कक्षा कोठामा सुत्केरी भएका छन्। पूर्वी रुकुमको तकसेरामा रेखा घर्तीले छोरा र प्वाङ केन्द्रमा कविता बिकले छोरी जन्माएका हुन्।

छोरा जन्मेपछि पनि रेखाले परीक्षा दिएकी छन्। उनलाई परीक्षा दिनको लागि १ घण्टा थप गरिएको थियो। त्यसैगरी, विकको स्वास्थ्य स्थिति कमजोर रहेकाले उनका सहयोगीले परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको थियो। परीक्षाकेन्द्रमा जन्मेका हुनाले छोराको प्रवेश र छोरीको नाम प्रवेशिका राखिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by